७ वैशाख २०८१ शुक्रबार
कला

बाल नाटक महोत्सव सुरु

काठमाडौं- बालबालिकालाई अभिनयमार्फत समाज बुझाउने उद्देश्य स्वरुप सोमबारदेखि राजधानीमा ‘राष्ट्रिय एकल बाल नाटक महोत्सव’ सुरु भएको छ । अंकित राज मैनालीको ‘नारी’ शीर्षकको नाटकसँगै पहिलो एकल बाल नाटक शिल्पी थिएटरमा सुरु भएको हो । तीन दिनसम्म चल्ने महोत्सवमा बालबालिकाको एकल अभिनय रहेका ३२ नाटक मञ्चन हुनेछन् ।
एम्बिसन एकेडमी बानेश्वरमा कक्षा दशमा पढ्ने प्रेरणा भट्टराई अभिनय गर्न रुचि राख्छिन् । ‘शायद मेरो स्कुलमा अभिनयको कक्षा भएको भए मजस्तै मेरा धेरै साथीहरू पनि यसरी नै नाटकमा अभिनय गर्थेहोला,’ उनले भनिन्, ‘तर मलाई नाटक मन पर्ने हुँदा अतिरिक्त क्रियाकलापमा यसरी नै आफैं सक्रिय हुन्छु ।’ भर्खरै किशोर अवस्थामा प्रवेश गरेकी उनले ‘परी’ शीर्षकको नाटकमार्फत उनी जस्तै किशोरीका समस्या मात्र उजागर गरिनन्, त्यस्ता कुप्रथा हटाउन किशोरीहरूलाई समाजले नै सघाउनु पर्ने सन्देश नाटकबाटै दिइन् । नाटक सात मिनेट मात्रको भए पनि त्यसले दिने प्रभावकारी सन्देशले दर्शक निकै भावुक बने । कथासँगै उनको प्रस्तुती नाटकमा अब्बल देखिन्थ्यो ।
उनीभन्दा अघि अक्षरा स्कुलका सहर्ष सिवाकोटीले ‘न्यायको खोजी’ शीर्षकको नाटकमा अभिनय देखाए । समाजमा बढ्दो आपराधिक गतिविधीले न्याय नपाउनेको संख्या बढ्दो रहेको यथार्थ उनले नाटकमा अभिव्यक्त गरेका थिए ।
‘काग र कमिला’ लिएर मञ्चमा उत्रेका ब्राइट फ्युचर उच्च माविका लक्ष्मण इशरले दर्शकलाई पेट मिचिमिची हास्न बाध्य गराए । सामान्य कथा भए पनि उनको प्रस्तुतिले दर्शकमा हाँसोको फोहोरा उर्लियो । घरी कथा भन्ने बुढो मान्छे त घरी कमिला र काग अनि सिकारीको भूमिकालाई उनले हास्य रसमा ढालेर नाटकमा प्रस्तुति दिए । बालबालिकाले पुस्तकमा पढिरहेको कथालाई यसरी नाटकमा हेर्न पाउँदा दर्शक पनि छक्क परे ।
सोही विद्यालयका अर्का विद्यार्थी विप्लव पुडासैनी भने सन्देशमूलक नाटक ‘मापसे’ लिएर मञ्चमा आए । उनले मादक पदार्थ सेवन गर्दा परिवारमा कस्तो असर पर्छ भनेर देखाए । आपूm स्वयं नै मादक पदार्थको भूमिकामा देखिएका उनले मापसेलाई माथि पठाउने सेवा भएको औंल्याउँदै टाढा रहन सचेत गराए ।
उनले भन्दा फरक एउटी आमाले आफ्ना सन्तानलाई गर्ने मायाको पोयो खोलिन्, अक्षरा स्कुलकी नितासा अधिकारीले । जति उपद्रो गरे पनि सन्तानको माया आमालाई हुन्छ भनेर उनले मञ्चमा देखाउने कोसिस गरिन् । केयु हाइ स्कुल काभ्रेकी प्रजु श्रेष्ठले ‘चिठ्ठा’ नाटकमार्फत गाउँघरमा हुने ठगीका विषयलाई मञ्चमा उतारेकी थिइन् ।
महोŒसवमा पहिलो दिन ६ प्रतियोगी र एउटा अप्रतियोगी गरी ७ नाटक मञ्चन गरिए । प्रतियोगिताको आयोजना गरेको प्रज्ञाकुञ्ज स्कुलकी प्राचार्यले प्रतियोगितामा देशका २५ विद्यालयका ३२  विद्यार्थी सहभागी रहेको जानकारी गराइन् । ‘नाटकलाई पाठ्यक्रममा समावेश गरेको पाँच वर्ष भयो,’ उनले भनिन्, ‘यो बीचमा धेरै विद्यार्थीले सानैदेखि रंगमञ्चमा काम गर्ने अवसर पाइसकेका छन् ।’ राम्रो गर्न सकेको खण्डमा नाटक पनि एउटा राम्रो क्षेत्र हो भन्ने सन्देश आफूले दिन खोजेको उनले बताइन् ।
कार्यक्रमका प्रमुख अतिथी तथा निर्णायक हरिहर शर्माले आफू स्कुलमा रहँदा ख्याल ख्यालमै अभिनयमा लागे पनि अहिले यसरी सिकेर लाग्ने अवसरको सृजना हुनु राम्रो भविष्यको सुरुवात भएको बताए । अभिनय सिक्नका लागि व्यक्तिमा इच्छा र लगनशीलता हुनुपर्नेमा उनले जोड दिए । बालबालिकालाई नाटक सिकाइरहेका नाटककार टंक चौलागाइँले स्कुले जीनवदेखि नै यसरी नाटक पढ्दै सिक्दै बालबालिकाले सानैमा समाज बुझ्ने अवसर प्राप्त गर्ने बताए । ‘यसले उनीहरूको प्रतिभा मात्र बाहिर ल्याउँदैन भोलि जुनसुकै क्षेत्रमा गए पनि उनीहरूको आत्मविश्वास बलियो बन्छ,’ उनले भने ।
हरिहर शर्मासँगै अभिनेता देशभक्त खनालले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । महोत्सव अघि नेवारी बाजासहित बालबालिकाले ¥याली निकालेका थिए ।
प्रतियोगितामा सहभागी भएर प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना हुनेले क्रमशः ५ हजार, तीन हजार, दुई हजार र एक हजार प्राप्त गर्नेछन् । महोत्सव २२ गतेसम्म  चल्नेछ ।

प्रकाशित: २१ कार्तिक २०७४ ०५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App