१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सहकारी विकास बोर्डको सहअध्यक्षम पौडेल

काठमाडौं- सरकारले सहकारी विकास बोर्डको सह–अध्यक्षमा सहकारी अभियन्ता दक्ष पौडेललाई नियुक्त गरेको छ । राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्यसमेत रहेका पौडेललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामीचार वर्षे कार्यकालमा नियुक्त गरेको हो ।
लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशीलपौडेल यसअघि सहकारी विकास बोर्डको सञ्चालकथिए । बोर्डको अध्यक्ष सहकारी मन्त्री रहने नीतिगत व्यवस्था छ । यसअघि बोर्डको सहअध्यक्षमा सरोज शर्माथिए । बोर्डले सहकारीका लागिआवश्यक नीतिनियम बनाउने काम गर्छ ।
नवनियुक्त पौडेलले सहकारी क्षेत्रमा देखिएका विकृति न्यूनीकरण गर्दै सहकारी संस्थालाई सहकारीको मूल्यमान्यताअनुसार सञ्चालन गर्नका लागि पहल गर्ने बताए । सहकारीका विश्वव्यापी मान्यतालाई अक्षरशः पालना हुनेगरी समतामूलक समाज निर्माणका लागि खुला बजार अर्थतन्त्रमा आधारित सहकारी अभियानलाई व्यापक रुपमा परिचालनगर्ने योजना रहेको पौडेलले सुनाए ।‘सहकारीको नामबाट जनता ठग्ने र राज्य ठग्ने परिपाटी अन्त्यगर्नकालागि दण्ड सजायआवश्यक छ,’ पौडेलले भने, ‘सहकारीलाई खुम्च्याउने होइन बढाउनुपर्छ ।’
अहिले मुलुकभर ३३ हजार सहकारी २१ भन्दाबढीविषयगत सहकारी संघ छन् । सदस्यता, कार्यक्षेत्र व्यापकबनाएर व्यक्ति, फार्म, संस्थाले सदस्यलिनपाउनुपर्ने व्यवस्थागर्नुपर्ने पौडेलले बताए । ‘खुला सदस्यताविश्वव्यापीमान्यताहो,’ उनले भने, ‘व्यक्ति, संस्था, फर्मले समस्यतालिन सकोस् भन्ने मान्यता छ ।’ सहकारीको संख्यात्मक वृद्धिलाई घटाएर गुणस्तर विकास गर्दै सेवामाविविधीकरण गर्नुपर्ने बताए । सहकारी क्षेत्रले बचत र ऋणको कारोबारमात्रहोइनउत्पादनमूलक क्षेत्रमालगानीगर्न आवश्यक रहेको पौडेलको धारणा छ । विदेशबाट आउने रेमिटेन्सलाई सहकारीमार्फत भिœयाएर उत्पादनमालगाई स्वदेशमै रोजगारीको सिर्जनागर्नुपर्नेमाउनले जोड दिए ।

प्रकाशित: २१ कार्तिक २०७४ ०५:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App