७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्पकी श्रीमतीको नांगो फोटो सार्वजनिक भएपछि...

वाशिंटन–रिपब्लिक पार्टीबाट अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पको नांगो फोटो भाइरल भएको छ। मेलानियाको नांगो फोटो न्युयोर्क पोष्टमा प्रकाशित भएको छ। तर मेलानियाको सो नांगो फोटो डोनाल्ड ट्रम्पसँग विवाह गर्नुपूर्व मेलानिया मोडलिङ गर्दाताकाको रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

१९५ मा मेनहट्टनमा एक फोटोसुट गर्दाखेरीको भएको संचारमाध्यमले उल्लेख गरेका छन्। मेलानियाको नांगो फोटो प्रकाशित भएपनि यतिबेला विवाद चुलिएको छ।  न्युयोर्क पोष्टको पहिलो पृष्ठमा छापिएको मेलानियाको नांगो फोटामा ‘संभावित प्रथम महिलालाई यस्तो अवस्थामा पहिला देखिएको थिएन होला’ भन्ने क्याप्शन लेखिएको संचारमाध्यमले उल्लेख गरेका छन्।

लोवेनियामा जन्मिएकी मेलानिया  २५ वर्षको उमेर मोनिकेर मेलेनियाको नामबाट चिनिन्थिन्। सो तस्बिरको बारेमा प्रश्न गर्दा उनले आफू सो समयको एक सफल मोडल भएको र सो फोटोसुट युरोपेली पत्रिकाकोलागि भएको प्रतिक्रिया दिएको संचारमाध्यमले उल्लेख गरेका छन्।  सो तस्बिरमा मेलेनिया केवल अग्लो हिल भएको चप्पलमात्र लगाएकी छन्। १९९८ मा ट्रम्प र मेलेनियाको पहिलो भेट भएको थियो। उनीहरुले २००५ मा उनीहरुको विवाह भएको थियो।

 

प्रकाशित: १८ श्रावण २०७३ ०७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App