होस् नभनौँ, होस गरौँ

मङ्गलबार, २१ कार्तिक २०७४, १० : १६ अनुमा कोइराला

२५ वर्षअघिको र आजको काठमाडाँै सम्झिँदा आङ नै सिरिंग हुन्छ । कारण, हिजोआज बाटोमा हिँड्दाहिँड्दै मरिरहेका छन् मान्छे । कोही खाल्डोमा खसेर, कोही दिनदहाडै गोली लागेर । सुरक्षाको प्रत्याभूति छैन यहाँ । राजनीतिमा संलग्नहरू आफू अनुकूल कानुन बनाउँछन् । पिछडिएका वर्गबारे चिन्ता कसले गर्ने ? न्यायपालिका पनि बिकेजस्तो छ अब त ।
दैनिक जीवनयापन कठिन र झन्झटिलो छ । लैनचौरमा लामबद्ध हुँदै विदेश उड्न बाध्य छन् युवा शक्ति । तैपनि राजधानीको जाम र धूलो उस्तै छ । अनि उस्तै छ, सार्वजनिक यातायातभित्र नागरिकको दुर्दशा । दलीय झन्डाप्रतिको नागरिकको अथाह मोह बुझिनसक्नु छ । नेताहरू घरघरमा गई भोट माग्दा र चेपारेर निवेदन गर्दा, प्रश्न गर्ने आँट पनि राख्दैनन् । उल्टो घर नै पवित्र भएको अभिव्यक्ति दिन्छन् । आफूले खसाल्ने मतको शक्ति कति छ भनेर अन्दाज पनि छैन । कहिले ‘जन्तु’सरह भएर नुनको सोझो गर्ने प्रयास गर्छन् अनि कहिले ‘जन्ती’सरह भएर आफ्ना नेताहरूको पछि लाग्छन् । ‘जन्तु’ र ‘जन्ती’बाट कहिले र कसरी सचेत ‘जनता’ हुने ?
यसरी हुने
१) चुनावको उद्देश्य थाहा पाउने ः चुनाव लोकतन्त्रको सबल पक्ष र लोकप्रिय प्रजातान्त्रिक पद्धति हो भन्ने बुझ्ने ।
२) मतदानको महŒव बुझ्ने ः देश कसको हातमा जिम्मा लगाउने भन्ने कुराको निर्णय आफ्नै मतले गर्छ भन्ने कुरा बुझी, हल्लाका पछि नलागी, आत्मनिर्णय गरी मतदान गर्ने । हार र जितको सम्भावनाका आधारमा कहिल्यै
पनि निर्णय लिनु हुँदैन ।
३) नागरिक हुनुको दायित्व थाहा पाउने ः अधिकारका लागि आवाज उठाउनुभन्दा पहिले कर्तव्य पनि निर्वाह गर्नुपर्छ । नागरिक भइसकेपछि मुलुकप्रति निर्वाह गर्नुपर्ने केही कर्तव्यमध्ये मतदान पनि एक हो ।
४) सपना देख्ने ः आफ्नो गाउँका समस्या केलाउने र प्राविधिक युगका नागरिकसँग मिलेर सपना पूरा गर्न गच्छेअनुसार पहल गर्ने ।
५) उम्मेदवारको पृष्ठभूमि हेर्ने ः उम्मेदवारको घोषणापत्र राम्रोसँग पढ्ने, त्यसपछि  उम्मेदवारको योग्यता, लगनशीलता र क्षमताको विश्लेषण गर्ने । पुरानै नेता हो भने उसले आफ्नो कार्यकालमा गरेका गतिविधि सम्झने, प्रश्न गर्ने ।
६) प्रलोभनमा नफस्ने ः हामीलाई एक–दुई छाक भोज होइन, नेताहरूबाट दिगो शान्ति, सुरक्षा र समृद्धि चाहिएको छ । त्यसैले क्षणिक रमाइलो त्यागेर भए पनि स्थायी आनन्द प्राप्तिको पहिलो कदम चाल्ने । इमान कदापि बेच्नुहुन्न । आज हामीलाई किन्न सक्नेले भोलि बेच्न नसक्ला ?
मतदान नगर्नु भनेको ‘हुन्छ सरकार, तिमीले जे गरे पनि म मौन बस्छु, म सहन तयार छु’ भन्नु हो । मतदान नगरी चुनाव नै बहिष्कार गर्नु, गलत पार्टी र पात्रलाई मत दिनु भनेको आफ्नै खुट्टामा बन्चरोले हाल्नु हो । उत्कृष्ट नेतृत्व छान्न पाउनु नागरिकको अधिकार पनि हो र दायित्व पनि । त्यसैले प्रबल इच्छाशक्ति भएको  नेतृत्वलाई मात्र मुलुक जिम्मा लगाउनुपर्छ, बडो होस पुर्याएर । यही बेला हो हामीले होसपूर्वक कदम चाल्ने, नत्र भोलि पछुताउनुपर्ने हुन्छ । ‘होस्, जसले जिते जितोस्’ नभनौँ, बडा होस गरौँ ।






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad