coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

जित्दाजित्दैको हार !

२००७ सालको क्रान्तिपछि पनि राणालाई नै प्रधानमन्त्री स्वीकार्नुप¥यो । अर्थात्, जित्दाजित्दै पनि हार खानुप¥यो । २०१५ सालमा संसद्मा दुई तिहाइ जित हासिल गरेर पनि ०१७ सालमा प्रजातन्त्र जोगाउन सकिएन, फेरि हार खानुप¥यो । यसमा आफ्नो आङको भैँसी नदेखी राजा महेन्द्रलाई मात्र दोषारोपण गरेर चोखिन मिल्दैन । पुष्पलालले संयुक्त आन्दोलनमार्फत हारलाई जितमा बदल्न अर्थात् विघटित संसद्को  पुनःस्थापना गर्न गरेको आग्रहलाई कांग्रेसले टेरेन ।

२००७ सालको क्रान्तिपछि पनि राणालाई नै प्रधानमन्त्री स्वीकार्नुप¥यो । २०१५ सालमा संसद्मा दुई तिहाइ जित हासिल गरेर पनि ०१७ सालमा प्रजातन्त्र जोगाउन सकिएन, फेरि पनि जित्दाजित्दै हार खानुपर्यो ।

आजको नेपाली कांग्रेसको चुरीफुरी पनि खपिनसक्नु छ । वाम तालमेल र एकता प्रस्तावले धेरैजसो कांग्रेसी नेताहरूको ओठ र तालु सुकेको देखिन्छ । आफ्नो पार्टीसित भएका जस्तासुकै र जुनसुकै तालमेल र एकता शतप्रतिशत सही हुने अनि एमाले–माओवादीबीच तालमेल र मिलन हुँदा कम्युनिस्ट अधिनायकवादको खतराको प्रलाप र प्रोपगन्डा गर्न सुहाउँदैन ।  कांग्रेसले झुटको पुलिन्दा बोकेर कति दिन पार्टीको प्राण धान्ने होला । आजको दुनियाँमा यस्ता झुटलाई कसले पत्याउला ? ढाँटको निम्तो खाइ पत्याउनु भनेझैँ झुटको हद नाघेर कांग्रेसी नेताले तमाम नेपाली जनताको उन्नत चेतना स्तरलाई किन कम आँकलन गरिरहेका होलान् ?
     २०४६ सालमा बल्ल संयुक्त जनआन्दोलन गर्ने सुझबुझ प्राप्त भयो, निरंकुश निर्दलीय पञ्चायत ढालियो । तर त्यसपछिका अरू दश वर्ष सहकार्यका साथ अघि बढ्ने र प्राप्त उपलब्धि जोगाउने जननेता मदन भण्डारीको प्रस्तावलाई कांग्रेसले पूर्ण बेवास्ता ग¥यो । त्यस बेला कांग्रेस पार्टी देश र जनताका पक्षमा सिन्को नभाँची स्वेच्छाचारी शासनतिर दगु¥यो । हुँदाहुँदा आफ्नै पार्टीको बहुमत संसद् विघटन गरेर जितलाई हारमा परिणत गर्न थालियो । यही सरकारद्वारा मित्रराष्ट्रहरूले नेपालको आर्थिक–भौतिक समुन्नति, समृद्धि तथा बेरोजगारी हटाउन सहयोग पु¥याउन उपहारस्वरूप प्रदान गरेका दर्जनौँ उद्योगधन्दा सस्तोमा बेचियो । देश र जनताका जितका केही आधारसमेत समाप्त पारियो  ।  
२०६२–०६३ को शान्तिपूर्ण जनक्रान्तिपश्चात् जित हासिल गरेकै अवस्थामा हार सन्निकट रहेको समय आम जनतामा जगजाहेर छ ।      आन्दोलन गर्दा एक ढिक्का हुने अनि जितेपछि अवसर पाउने अवस्थामा ¥याल काढेर तमासा देखाउने धेरैजसो नेपाली नेताको आम चरित्र रहेको छ । यसमा धेरैजसो कम्युनिस्ट नेता पनि पर्छन् ।  आफ्नू लबीको भनेर आफ्नै टोल, वडा, गाउँ, नगर, जिल्ला र क्षेत्रमा गुमनाम र बदनाम नेता र कार्यकर्ताको पक्ष लिने कथित नेता देख्दा दया लागेर आउँछ । यसरी नेपालको लोकतान्त्रिक र जनतान्त्रिक (लोकतान्त्रिकको विपरीतार्थकमा प्रयोग गरिने शब्द) राजनीतिक आन्दोलनहरू पटकपटक जित्दाजित्दै पनि हारमा परिणत भएका छन् । लामो समयको जनताको लगन र लगानीबाट प्राप्त उपलब्धि अनुपलब्धिमा परिणत भएको दुर्भाग्यपूर्ण अवस्था  देखिन्छ ।
नेपालको सुदूर विगतदेखि हालसम्म पनि देशको शान्ति, समुन्नति अग्रगति नहुनुमा नेपालको आन्तरिक राजनीतिमा सदा विग्रह, विभाजन र विखण्डन रहेको देखिन्छ । सामरिक दृष्टिले अत्यन्त संवेदनशील अवस्थाको नेपाल पृथक् राजनीतिक स्वार्थ रहेका दुई विशाल देशको बीचमा छ । चीन उहिल्यैदेखि अहिले र पछिसम्म पनि नेपालमा राजनीतिक स्थिरता चाहन्छ । चीनले नेपालको स्थिरता र समृद्धिमा आफ्नू देशको सुरक्षा संवद्र्धन देख्छ । भारत हुँदै पश्चिमा शक्तिले नेपालमा राजनीतिक चरम अस्थिरता कायम राखेर यही देशको राजधानी काठमाडौँ हुँदै तिब्बत विरोधी गतिविधि गरिरहेको विषय चीनको जनाकारीमा छ । बरू बंगलादेशमा करोडौँ आर्थिक भौतिक सहयोग गर्ने चीन, नेपालको समृद्धिमा अर्बौं सहयोग गर्न आतुर छ तर चीनको सहयोग हात थाप्ने सत्ता, शक्ति र सरकारको नै अभाव टड्कारो रह्यो ।
ओली सरकार केही समय कायम रहेको भए चिनियाँ राष्ट्रपति सी जिनपिन नेपाल आएर रेलवेको शिलान्यास लगायत अत्यन्त दूरगामी काम हुने निश्चित थियो तर उक्त सरकार भारतीय शासकको स्वार्थमा र प्रभावमा विघटन गरियो । भारत अर्थात् ब्रिटिस औपनिवेशी चरित्र हुबहु आत्मसात् गरेको भारतीय सत्ता र सरकार भने नेपाल शान्त र समृद्ध भएको देख्न कदापि चाहँदैन । यस कुराको ज्वलन्त उदाहरण नेपालको संविधान बन्न नदिने, बने पारित गर्न नदिने र पारित भए लागू गर्न नदिने भारतीय अनेक प्रपञ्चबाट स्पष्ट हुन्छ ।
अहिले एमाले र माओवादी केन्द्र नामका नेपालका प्रमुख दुई कम्युनिस्ट पार्टी आगामी चुनावमा तालमेल तथा निकट भविष्यमा पार्टी एकता गर्ने अभियानबाट भारतीय शासक वर्ग अत्तालिएको देखिन्छ । नेपालका प्रमुख पार्टी, शक्ति र समूहहरू एकताबद्ध हुँदा नेपालमा  राजनीतिक स्थिरता कायम हुन्छ । र यसले मुलुकको शान्ति, समुन्नति समृद्धिमा महत्वपूर्ण टेवा पुग्छ भन्ने भारतको भय हो । यसैले अहिले नेपालका प्रमुख कम्युनिस्ट पार्टीहरूले आगामी चुनावमा तालमेल र निकट भविष्यमा एकताबद्ध हुने जुन निर्णय गरेका छन् । यो एक हिसाबले ठूलै जितको सुरुआत हो ।

प्रकाशित: २१ कार्तिक २०७४ ०४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App