coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

छन्दी जलविद्युतको उद्‍घाटन

यहाँ निर्मित २ मेगावाटको छन्दी खोला साना जलविद्युत आयोजनाको शुक्रबार उद्‍घाटन गरिएको छ ।

उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले फलेनी १, दारिमबोटमा निर्मित विद्युतको उद्‍घाटन गरेका हुन् । फलेनी र बन्सारको सिमाना भएर बग्ने छ्याङ्दी खोलाको पानीबाट छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आयोजनाको निर्माण गरेको हो ।

उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले समयमै सकिएको छन्दीलाई नजिर बनाएर अब छिट्टै अन्य आयोजना पनि निर्माण गरिने बताए । उनले ऊर्जाको क्षेत्रमा केही दिनमा प्रगति देखिने बताए । ऊर्जा मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले उर्जा क्षेत्रको प्रगतिका लागि पीपीए (विद्युत खरिद सम्झौता) को प्रक्रियालाई खुकुलो बनाइने जानकारी दिए ।

सांसद टुका हमालले जलविद्युतमा लगानीमैत्री वातावरण सिर्जना गर्न बन्द हड्ताल गर्न नहुने तर, आयोजनाले स्थानीयलाई आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्ने बताइन् । सांसद लालबहादुर गुरुङले आयोजना क्षेत्रमा स्थानीयलाई दिइने सेवासुविधाबारे राज्यले नीति बनाउनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जलविद्युत क्षेत्रमा सुरक्षा दिन स्थानीय प्रशासन तयार रहेको बताए । कांग्रेस सभापति भेषबहादुर पौडेलले ट्रान्समिसन लाइन निर्माणका लागि राज्य जिम्मेबार बन्नुपर्ने बताए । नेकपा एमाले अध्यक्ष धनञ्जय दवाडीले आयोजना निर्माणमा राजनीतिक दलको कुनै अवरोधन गर्ने प्रतिवद्धता जनाइसकेको बताए ।

एमाओवादी उपाध्यक्ष मेखबहादुर भण्डारी, राप्रपा नेपालका अध्यक्ष शंकरराज विष्ट, स्थानीय विकास अधिकारी शेखर पौड्याल, माथिल्लो दोर्दी ए सरोकार समितिका अध्यक्ष चीनबहादुर गुरुङ, माथिल्लो दोर्दी ए आयोजनाका सञ्चालक राजेन्द्र वस्ती लगायतले जलविद्युत निर्माणमा स्थानीय र प्रबर्द्धकबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताए ।

छन्दी साना जलविद्युतले फागुन २३ देखि विद्युत उत्पादन थालेको छ । आयोजनाका प्रवद्र्धक छ्याङ्दी हाइड्रोपावर लिमिटेडका कार्यकारी सञ्चालक लालबहादुर थापाका अनुसार उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको उदिपुरस्थित सबस्टेशनको ३३ केभी राष्ट्रिय प्रशारण लाइनमा जडान गरिएको उनले बताए ।

विद्युत जडान गर्न प्रबर्द्धकले २ करोडको लागतमा ९ दशमलब ८ किलोमिटर लामो ‘सिंगल सर्किट’ प्रसारण लाइन निर्माण गरेको हो । आयोजनाको ०६८ चैत १२ गते नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदविक्री सम्झौता (पीपीए) भएको थियो ।

प्रकाशित: २६ चैत्र २०७२ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App