coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हेलिकप्टर प्रयोग गरेको भन्दै एमाले र माओवादीको उजुरी

गोरखा— गोरखा निर्वाचन क्षेत्र १ ख का उमेद्धवार राजेन्द्र बजगाईले हेलिकप्टर चढेर चुनाव प्रचारमा गएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। नेकपा एमाले र माओवादी केन्द्र गोरखाले आचारसंहिता उलंघन गर्दै उत्तरी गोरखाको समागाउँ पुगेको भन्दै मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो।

गोरखा प्रदेश १ ख का उमेद्धवार राजेन्द्र बजगाईले भने चुनावी प्रचारमा हेलिकप्टर प्रयोग नगरेको दावी गरेका छन्। ‘मैले चुनावी कार्यक्रममा हेलिकप्टर प्रयोग गरेको छैन, मैले बुक गरेको पनि हैन, पैसा तिरेको पनि हैन, चुनावी प्रचारमा प्रयोग भएको प्रमाण के छ ? उनले नागरिकन्युजसँग भने। चुनावी कार्यक्रममा नगएको प्रष्ट्याउँदै उनले आफुले झण्डा चुनाव चिन्ह कुनै प्रयोग नगरेका, सभा सम्मलेन नगरेको तर्क गरे।

नेपाली कांग्रेस गोरखाका सभापति हरिबहादुर घलेको आमालाई उपचारका लागि उद्धार गर्न गएको हेलिकप्टर बारपाक हुँदा उत्तरी गोरखाको सामागाउँ जाने स्थानीयलाई पुर्‍याउन गएको भन्दै उनले अचासंहिता उलंघन गरेको पुष्टि गर्न चुनौती दिए।

उत्तरी गोरखामा हेलिकप्टर प्रयोगका लागि आफुले आयोग सँग अनुमती माग गर्दै निवेदन दिएको र त्यसको जवाफ नआएकाले पर्खिरहेको बताएका छन्। निर्वाचन आचासंहिता भित्र रहेको खर्च धान्ने गरी आफूले हेलिकप्टर प्रयोग गर्न माग गर्दै उनले अनुमती मागेको जानकारी दिए।

‘अनुमती मागेको छु, उत्तरी गोरखामा हिँड्ने बाटो छैन, मलाई सुरक्षा खतरा छ भने मानव अधिकार आयोगमा पनि उजुरी गरेको छु’ मलाई सुरक्षा दिनु पर्छ, यसमा राज्यले सोच्नुपर्छ, मैले अहिले आचासंहिता मिचेर उलंघन गर्नुपर्ने अवस्था छैन।’

आफुले हेलिकप्टर प्रयोग गर्न अनुमती मागेकाले अनुमती आएपछि मात्रै प्रयोग गर्ने उनले बताए । तिब्बत सँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सडक छैन । त्यहाँका स्थानीय पनि अत्यावस्यक समयमा हेलिकप्टर प्रयोग गर्न बाध्य छन् । उत्तरी गोरखाको सामागाउँ पुग्न एक साता पैदल हिड्नुपर्छ।

 

 

प्रकाशित: २० कार्तिक २०७४ १३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App