८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस–माओवादी र गठबन्धनबीच तीन बुँदे ‘मौखिक’ सहमति

फाइल तस्बिर ।

काठमाडौं–नेपाली कांग्रेस, माओवादी केन्द्र र संघीय गठबन्धनबीच तीन बुँदे मौखिक सहमति भएको छ। मंगलबार विहान बसेको त्रिपक्षीय बैठकमा मधेसी मोर्चाले उठाउँदै आएको मधेसका विषयमा माैखिक सहमति भएकाे हाे।  

जसअनुसार मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा, घाइतेको निशुल्क उपचार, क्षतिपूर्ति, झुठा मुद्दा फिर्तालगायतका सरकारले गर्न सक्ने काम मन्त्रिपरिषद बैठकबाट अनुमोदन गर्ने, सीमाकंनलगायतका विषयमा संविधान संशोधन गर्न सबै राजनीतिक दलबीच सहमति गरी निश्चित अवधिभित्र संविधान संशोधनमार्फत समस्याको समाधान गर्ने र  मधेसी मोर्चाले बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाललाई मतदान गर्ने सहमति भएको संघीय गठबन्धनका नेता एवं राष्ट्रिय मधेस समाजावादी पार्टीका महासचिव केशव झाले जानकारी दिए।

तीन पक्षबीच अहिले नै लिखित प्रतिबद्धता जनाउने सहमति भएपनि प्रधानमन्त्रीको उम्मेद्वारी दर्ता गराउन ढिला हुने भएकाले आजै दिउँसो बैठक बसरे लिखित सहमति गर्ने झाले जानकारी दिए

 

प्रकाशित: १८ श्रावण २०७३ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App