बेलायती महारानी एलिजावेथमाथि कर छलीको आरोप

सोमबार, २० कार्तिक २०७४, १२ : ४१ एजेन्सी

लन्डन – बेलायती महारानी एलिजावेथ तथा संसारका ख्याती प्राप्त नेताहरूले कर छल्नका लागि गोप्य रूपमा लगानी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ। 

उक्त तथ्यको खुलासा संसारका करिब १ सय भन्दा बढी सञ्चार माध्यमहरूले गरेका छन् । महारानी एलिजावेथले करिब १ करोड ३० लाख अमेरिकी डलर बराबरको निजी लगानी बाह्य क्षेत्रमा गरेको र उक्त लगानीमा कर छली भएको खुलासा भएको छ। 

उक्त लगानीबाट महारानी एलिजावेथले करिब ५० करोड पाउन्ड बराबरको निजी सम्पति बनाएको अनुसन्धानले बताएको छ । महारानी एलिजावेथले बाह्य कम्पनीमा गरेको लगानीका कारण उनीमाथि नैतिक प्रश्न खडा भएको छ। 

उनले ब्राइट हाउस नामक एक निजी कम्पनीमा लगानी गरेको समेत एक अनुसन्धानले सार्वजनिक गरेको छ । उक्त कम्पनीमा कामदारमाथि चरम शोषण हुने गरेका सञ्चार माध्यमहरूले खुलाएका छन्।  

महारानी एलिजावेथ लगायत कन्जरभेटिभ पार्टीका अन्य नेताहरू माथि पनि उक्त आरोप लागेको छ। 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनका वाणिज्य प्रमुख  विल्सर रसले पनि एक शपिङ कम्पनीमा लगानी गरी त्यहाँबाट दस लाख अमेरिकी डलर बराबरको निजी सम्पती आर्जन गरेको खुलासा भएको छ । उक्त कम्पनीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको समेत सेयर रहेको खुलासा भएको छ। 

खोज पत्रकारितासँग आबद्ध अन्तर्राष्ट्रिय महासंघ (आइसिआजे)ले उक्त तथ्यलाई पर्दाफास गरेको छ । भ्रष्टाचारमा संलग्न रहेको तथ्य सार्वजनिक भएलगतै पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफले पदबाट राजीनामा दिएका थिए।






यसमा तपाईको मत

अन्य समाचार

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बर्दियाको गुलरीया नगरपालिका वडा नम्बर ६, जिविस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ...

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंकले टिच फर नेपाललाई पाँच लाख रूपैयाँ सहयोग गरेको जनाएको छ । ...

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमाससम्ममा दुई अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ ।

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनी एसडिएन बिएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम...

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ईलेक्ट्रीक SUV कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ...

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

Ncell Footer Ad