विराटनगरलाई प्रादेशिक राजधानी बनाइने : आचार्य

सोमबार, २० कार्तिक २०७४, १२ : ३८ नागरिक

विराटनगर- नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली काँग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताएका छन् । 

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्र र मानवअधिकारको संरक्षणका साथै हिमाल, पहाड र तराईलाई खण्डित हुन नदिन ठोस् रणनीतिका साथ नेपाली काँग्रेस निर्वाचनमा होमिएको स्पष्ट पारे । 

मोरङ क्षेत्र नं–४ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहनुभएका नेता आचार्यले प्रादेशिक राजधानी विराटनगरलाई बनाउने साझा संकल्पका साथ अगाडि बढ्ने उल्लेख गरे। 

केन्द्रीय सदस्य आचार्यले सोअनुरुप विराटनगरको पूर्वाधार निर्माणका लागि सुहाउँदो सडक सञ्जाल, पाँच वर्षमा रंगशालाको पूर्णता दिने, सभागृह निर्माण, अस्पतालमा सुधारका साथै चीनसम्म सडक विस्तारका लागि विराटनगर–किमाथान्का सडक निर्माणमा जोड दिने बताए । 

अर्का केन्दीय सदस्य एवं मोरङ क्षेत्र नंं–२ का उम्मेदवार डा मीनेन्द्र रिजालले ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसको नेतृत्वमा समृृद्धि र अभियान’ मूलनाराका साथ काँग्रेस निर्वाचनमा होमिएको प्रशंग उल्लेख गर्दै मोरङको क्षेत्र नं–२ लाई राष्ट्रिय पहिचानको क्षेत्र बनाउने उद्घोष गरे । मधेशी, पहाडी र जनजातिलाई जोड्ने पार्टीको रुपमा नेपाली काँग्रेस रहेको भन्दै उहाँले मधेशीलाई विदेशी देख्ने राष्ट्रवादलाई रोक्नुपर्ने विषयमा जोड दिए । 

नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसको तर्फबाट मोरङ क्षेत्र नं १ का उम्मेदवार एवं पार्टी सभापति डिगबहादुर लिम्बू, क्षेत्र नं ३ का उम्मेदवार सुनील शर्माले नेपाली काँग्रेसद्वारा नै मुलुकको समृृद्धि हुने उल्लेख गर्दै मोरङमा स्वास्थ्य, शिक्षा, सुकुम्बासी, नदी नियन्त्रणलगायतका समस्याको समाधानका लागि ठोस् पहल गर्ने प्रतिबद्धता प्रकट गरे ।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad