१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाडी भाडा घटेपछि यात्रु तानातान

जाजरकोट–केही दिन अघिसम्म बसपार्कमा यात्राका लागि गाडी खोज्दै हिड्नु पर्ने जाजरकोटका यात्रु अहिले भने तानातानमा पर्न थालेका छन्। खलंगाको शान्ति चौतारास्थित बसपार्कमा विहानै यात्रु तान्न व्यावसायी र बस समितिका युवाहरुको ठूलो भीड देखिन्छ। भाडा घटेर व्यावसायीबीच तिव्र प्रतिष्पर्धा हुन थालेपछि उनीहरु यात्रु खोसाखोस गर्न थालेका हुन्।

गाडी भाडा घटेपछि स्थानीय यात्रु तानेर गाडी भर्न उनीहरु विहानै तयारी अवस्थामा बस्छन्। इन्धनको मुल्य घटेसँगै  यातायात व्यवस्था विभागले घटाएको  भाडा दर स्थानीय प्रशासन र सरोकारवालाले कार्यान्व्यन गराएपछि यातायात व्यावसायीमा यात्रु खोस्ने  प्रतिष्पर्धा  देखिएको हो।  विगतमा  दोव्वर भाडा लिइरहेका व्यावसायीहरु अहिले  नियमानुसारको भाडा  लिन  थालेपछि  उनीहरुमा निकै प्रतिष्पर्धा देखिएको छ। यस अघि साना र ठूला गाडीले  मनपरी ढंगले भाडा असुल्दा ठगिएका यात्रुहरु भने अहिले राहत महशुस गरिरहेका छन्। ‘विगतमा भाडा जथाभावी लिन्थे अहिले भने  तोकेको मात्र लिन थालेछन्,’ डाडाँगाउँकी स्थानीय सारदा गौतमले भनिन्।

गाडीमा यात्रा गर्दा तोकिएको भन्दा वढी भाडा लगिएको छ कि भनेर प्रहरीले पनि जाँच्ने गरेको उनले बताइन्।  यातायात व्यवस्था विभागको  निर्णयअनुसार  भाडा कार्यान्वयन गरे नगरेको स्थानीय प्रशासन र प्रहरीले कडाइ गरेपछि स्थानीयहरुले राहत महशुस गरेका हुन। जाजरकोट सदरमुकामवाट विभिन्न स्थानका लागि छुट्ने गाडीको भाडा विभागले तोकिदिएको  प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए। उनका अनुसार खलंगादेखि सल्लीबजार सम्म ६२ किलोमिटरमा १८६ रुपैयाँ भाडा कायम गरिएको छ यस अघि उक्त दुरीम यात्रुहरुले ५ सय वढी भाडा लिने गरिएको थियो।

यसैगरी  नेपालगन्जसम्मको  १८८ किमिको  दूरीमा ४६४ रुपैयाँ तोकिएको छ। यस अघि उक्त दूरीममा  १ हजार देखि १२ सयसम्म भाडा थियो। त्यस्तै  खलंगा देखि काठमाडौं सम्मको  ६८५ किलो मिटरको  १३६६ रुप्ौयाँ तोकिएको छ यस अघि उक्त दूरीको भाडा १८ सय देखि  २ हजारसम्म थियो।  यसअघि १२ सय रहेको साना गाडीको भाडा साढे ४ सयमा झरेको  छ । तर नेपालगन्ज र

सुर्खेतबाट जाजरकोट जाने गाडीमा भने भाडा नघटेको  यात्रुहरुको गुनासो छ।   स्थानीय प्रशासन र प्रहरीले  त्यतातिर पनि ध्यान दिनु पर्ने खलंगा थाप्लेका स्थानीय हिटलरसिंह राठौरले बताए।  तेलको मूल्य घटेको  लामो समयसम्म पनि गाडी भाडा नघटेपछि स्थानीयहरुले पटक पटक स्थानीय प्रशासन र प्रहरीमा गुनासो गर्दै  आएका थिए।  छिन्चु जाजरकोट सडक खण्डको सल्लीबजारदेखि जाजरकोट खलंगा सम्मको दुरीमा स्थायी  अनुमति  नभएका कारण गाडी भाडा निर्धारण गर्न सकिएको थिएन। उक्त  सडक खण्डमा  स्थायी रुट परमिट कायम गरेर  भाडा पनि कायम गरिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ।

 

प्रकाशित: १८ श्रावण २०७३ ०५:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App