coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

शिवम् न्यु डायमन्ड च्याम्पियन

महिला च्याम्पियन  शिवम् न्यु डायमन्डका खेलाडी ट्रफी प्राप्त गरेपछि । तस्बिर : नागरिक

काठमाडौं – शिवम् न्यु डायमन्ड स्कुलको महिला टोली प्रथम प्याब्सन यु–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियन बन्दा पुरुषतर्फको टुङ्गो सोमबार लाग्ने भएको छ । आइतबार नयाँ बसपार्कमा शिवम् न्यु डायमन्डले बुटवलको एभरेस्टलाई २५–१३, २५–१४, २५–१७ ले हरायोे । न्यु डायमन्डले शिवम् सिमेन्टलाई मुख्य प्रायोजकका रूपमा पाएपछि पहिलो पटक उपाधि जितेको हो । गत साउनमा शिवम् सिमेन्टले डायमन्डलाई ८ लाखको प्रायोजन गरेको थियो।

डायमन्डका प्रशिक्षक कुमार राईले जुनियर प्रतियोगिताको उपाधि जित्न कठिन नभएको बताए । डायमन्डकी मुख्य स्पाइकर प्रतिभा माली, सेटर कृपा अधिकारी सिनियर टोलीबाट खेल्ने गर्छन् । प्रतियोगिता नयाँ खेलाडीको क्षमता परीक्षण गर्नका लागि महŒवपूर्ण भएको राईले बताए । प्रतियोगितामा प्रशिक्षक राईले योग्यता श्रेष्ठलाई ब्लक, प्रतीक्षा गुरुङलाई स्पाइकर र रस्मिता दुरालाई लिबेरोको रूपमा खेलाएका थिए । तीनै खेलाडीले उत्कृष्ट खेल खेलेको राईले बताए । प्रतियोगितामा डायमन्डकी प्रतिभा उत्कृष्ट खेलाडी घोषित हँुदा कृपा उत्कृष्ट सेटर, रस्मिता दुरा उत्कृष्ट डिफेन्स, एभरेस्ट स्कुलकी पुनम चन्द उत्कृष्ट स्पाइकर, एभरेस्टकै कामना विष्ट उत्कष्ट ब्लकर र टप्सी ममता डगौराले उत्कृष्ट सर्भरको ट्रफी जिते । विजेता डायमन्डले १ लाख, उपविजेता एभरेस्टले ६० हजार र तेस्रो भएको टप्स स्कुलले ३५ हजार पाए।

पुरुषको फाइनल आजः सेके्रटहार्ट स्कुलविरुद्धको प्रोटेस्ट प्रमाणित भएपछि आइतबार हुने भनिएको पुरुषतर्फको फाइनल खेल एक दिन पछि सोमबार हुने भएको छ । आइतबार सेके्रटहार्ट र न्युटन हाइस्कुलले फाइनल खेल्ने तय भएको थियो । तर थ्री स्टारले सेके्रटहार्ट स्कुलले प्रतियोगिताको नियमविपरीत खेलाडी खेलाएको भन्दै आयोजकको जुरी कमिटीसमक्ष प्रोटेस्ट दर्ता गरेको थियो । प्रोटेस्ट प्रमाणित भएपछि आयोजकले सेके्रटहार्टलाई फाइनल खेल्नबाट वञ्चित गर्‍यो । र आयोजकले थ्री स्टार र नुवाकोटको बुङताङ भलिबल क्लबबीच सेमिफाइनलमा प्रतिस्पर्धा गराउने निर्णय गरेको थियो । सेमिफाइनलमा बुङताङले थ्री स्टारलाई ३–२ को सेटमा हराउँदै फाइनलमा पुग्यो । आइतबार न्युटन र बुङताङबीचको फाइनल खेल सुरु भए पनि प्रकाशका कारण खेल स्थगित गरिएको थियो। 

प्रकाशित: २० कार्तिक २०७४ ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App