coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ४ को मृत्यु , ७ घाइते

काठमाडौं – सिन्धुलीको फिक्कल गाउँपालिका–४ टर्कीबेसीको भित्रीसडकमा बोलेरोजिप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन्।
 
खुर्कोटबाट खाम्साङबेसीतर्फ गइरहेको बा ७ च ३६९५ नम्बरको बोलेरो जिप आइतबार राती ८ बजे टर्कीबेसीको भित्री सडकमा दुर्घटना भएको हो । फिक्कल–३ का अमर बहादुर दर्लामी, सोही ठाउँ बस्ने राम बहादुर बराल, दिप बहादुर मगर र नर बहादुर बलमपाकी रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए। 

घाइते सातजना मध्ये धनबहादुर पुलामी मगरको अवस्था गम्भीर रहेको र उनको ललितपुरस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको शर्माले बताए । अन्य ६ जनाको भने स्थानीय उर्माजिव अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

फिक्कल–३ का जिप चालक यज्ञ बहादुर रानामगर प्रहरीको नियन्त्रणमा छन् । चालक रानामगरको बयान अनुसार उकालो चढाउने क्रममा गियरले काम नगर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको  शर्माले बताए ।

प्रकाशित: २० कार्तिक २०७४ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App