७ वैशाख २०८१ शुक्रबार
राजनीति

महन्थलाई कांग्रेसको साथ

फाइल फोटो

महोत्तरी – नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा निर्वाचनमा सहयोग गर्ने निर्णय गरेको छ। 

ठाकुरलाई समर्थन गर्दै कांग्रेसले महोत्तरी–३ मा दिएको उम्मेदवारीसमेत आइतबार फिर्ता लिएको छ । यस क्षेत्रमा कांग्रेसका बजरंग नेपाली उम्मेदवार थिए । केन्द्रबाट प्राप्त निर्देशनअनुसार आफूले उम्मेदवारी फिर्ता लिएको नेपालीले बताए । 
पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलका साथै पूर्वमहामन्त्री विमलेन्द्र निधिले उनलाई उम्मेदवारी फिर्ता लिन आइतबार बिहान आग्रह गरेका थिए । त्यसअघि देउवा, पौडेल र निधिले राजपा नेता ठाकुरसँग छुट्टाछुट्टै कुरा गरेका थिए । 
पार्टीका नेताबीच छलफलपछि नेता निधिले महोत्तरी जिल्ला सभापतिलाई समेत सम्पर्क गरेर ठाकुरलाई समर्थन गर्न आग्रह गर्दै उम्मेदवारी फिर्ता लिने निर्णयको जानकारी गराएका थिए । निधिले पार्टीको सम्पूर्ण पंक्तिलाई सोही अनुसार लाग्नसमेत निर्देशन दिएको स्रोतको दाबी छ।  

यसैबीच महोत्तरीमा प्रतिनिधिसभाका तीनजना र प्रदेशसभाका पाँचजनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय महोत्तरीले जनाएको छ । चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा अब प्रतिनिधिसभा र प्रदेशसभामा गरी २ सय १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित: २० कार्तिक २०७४ ०१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App