coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

२५८ को उम्मेदवारी फिर्ता

काठमाडौं— दोस्रो चरणको चुनावमा प्रत्यक्षतर्फ २ सय ५८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवारी फिर्ता लिने कार्यक्रम थियो।

महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई समर्थन गर्दै कांग्रेस उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। पूर्वगृहमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधिको पहलमा ठाकुरलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता गराइएको हो । कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका बजरंग नेपालीले उम्मेदवारी फिर्ता लिएका हुन्।

र्वगृहमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधिको पहलमा ठाकुरलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता गराइएको हो । कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका बजरंग नेपालीले उम्मेदवारी फिर्ता लिएका हुन्।

सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई समर्थन गर्दै संघीय समाजवादी फोरम नेपालका उम्मेदवार फिर्ता भएका छन् । फोरम नेपालका मनोजकुमार यादवले उम्मेदवारी फिर्ता लिई कार्कीलाई सघाउने भएका छन्।

सुनसरीकै क्षेत्र नम्बर १ मा फोरम नेपालका उम्मेदवार अशोक राईलाई कांग्रेसले सघाउने भएको छ । सुनसरीमा कांग्रेस र फोरम नेपालबीच एकले अर्कालाई समर्थन गरेपछि आठजनाले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी काभ्रेपलान्चोकमा कांग्रेसलाई सघाउने भन्दै राप्रपालगायत दलका  १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

मंसिर २१ मा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गत बिहिबार ४ हजार ८ सय ७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले आइतबार साँझ दिएको जानकारीअनुसार अब ४ हजार ७ सय ४७ जनाको उम्मेदवारी कायम भएको छ।

२ जनाको रद्द, ४ जनाको दाबी विरोधबाट उम्मेदवारी खारेज र २ सय ५८ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न पनि दिइसकेको छ । निर्वाचन चिह्न दिइएका उम्मेदवारको अन्तिम विवरण आउन बाँकी रहेको आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ र प्रदेशसभा सदस्यतर्फ २ सय ५६ पदका लागि मंसिर २१ मा चुनाव हुँदैछ ।
 

प्रकाशित: १९ कार्तिक २०७४ १४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App