coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कैलालीबा १८ जनाले लिए उम्मेदवारी फिर्ता

धनगढी— प्रदेश नम्बर ७ को सबैभन्दा बढी पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका १८ जनाले मनोनयन फिर्ता लिएका छन्।

कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाका २ जना र प्रदेश सभामा मनोनयन दिएका १ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद अर्यालका अनुसार नेपाली काँग्रेस बीपीबाट उम्मेदवारी दिएका क्षितिज भण्डारी र नयाँ शक्ति पार्टी नेपालका नृपबहादुर बोहराले मनोनयन फिर्ता लिएका हुन् । यस्तै क्षेत्र नम्बर ५ को प्रदेश सभा २ बाट राप्रपाका रुपक मल्लले उम्मेदवारी फिर्ता लिएका छन्।

यसैगरी क्षेत्र नम्वर नम्बर ४ मा १ जनाले मनोनयन फिर्ता लिएका छन्। नेपाली काँग्रेस (बीपी) बाट प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका यज्ञनिधि कोईरालाले उम्मेदवारी फिर्ता लिएका छन्।

क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका राप्रपा नेता बीरेन्द्रबहादुर बम, प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारी दिएका बीजयराज स्वाँर र संघीय समाजवादी फोरमबाट उम्मेदवारी दिएका चन्द्रकुमारी चौधरी गरि ३ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका ३ सहित ७ जनाले उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृत शिवहरि पौड्यालले बताए । विवेकशील साझा पार्टीबाट प्रतिनिधि सभाका उम्मेदवार कृष्णबहादुर बटाला, स्वतन्त्र उम्मेदवार रंगनाथ ढकाल र अर्जुनबहादुर हमालले उम्मेदवारी फिर्ता लिएका छन् ।

क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार अगस्तराज अधिकारी र नयाँ शक्ति नेपालका बलबहादुर बिष्ट तथा प्रदेश सभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नवराज खड्का र भोजराज भट्टले उम्मेदवारी फिर्ता लिएका छन ।

क्षेत्र नम्बर १ मा ४ जनाले मनोनयन फिर्ता लिएका छन् । प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका राप्रपाका दिनेशकुमार शाह र राप्रपा एकिकृतका कैयादेवी चौधरी तथा स्वतन्त्र उम्मेदवार उदयराम अधिकारी र कमलबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएका हुन् । जिल्लाभर प्रतिनिधि र प्रदेश सभामा गरि १ सय ३७ जनाले मनोनयन दर्ता गरेका थिए।

प्रकाशित: १९ कार्तिक २०७४ १४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App