८ वैशाख २०८१ शनिबार
खेल

अन्नपूर्ण पदमार्गमा साइकल दौड सुरु

काठमाडौं—विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिताको ११ औँ संस्करण आजदेखि शुरु भएको छ । उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१७’ साइकल दौड प्रतियोगिता लम्जुङको बँेसीशहरबाट शुरु भएको हो।

अघिल्लो वर्ष काठमाडाँैबाट शुरु भएको प्रतियोगिताको दशौँ र ११ औँ संस्करण बँेसीशहरबाट शुरु भएको हो । सामुन्द्रिक सतहदेखि पाँच हजार ४१६ मि उचाइमा पर्ने थोराङ्ला भञ्ज्याङ पास गर्ने गरी प्रतियोगिता शुरु भएको हो। दश दिनसम्म सञ्चालन हुने सो प्रतियोगितामा नेपालसहित १० देशका ३१ प्रतियोगी सहभागी छन् । प्रतियोगितामा एक महिलासहित आठ नेपालीले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेताले १ हजार २ सय ५० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन्।

दोस्रो हुनेले ७ सय ५० डलर र तेस्रोले पाँच सय डलर पुरस्कार प्राप्त गर्नेछन् । पहिलो दिन प्रतियोगी मनाङको ताल पुग्नेछन् । मनाङको ताल हुँदै माथिल्लो मनाङ, पाँच हजार ४१६ मि उचाइको थोराङ्ला भञ्ज्याङ गरी मुक्तिनाथ, जोमसोमबाट पोखरा आएर प्रतियोगिता सम्पन्न हुनेछ ।

प्रकाशित: १९ कार्तिक २०७४ १२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App