coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालले बंगलादेशलाई हरायो

म्यान अफ द म्याचको ट्रफी लिँदै नेपाली टोलीका अारिफ शेख। तस्विरः नागरिकन्युज

काठमाडौं—एसीसी यु–१९ एसिया कप क्रिकेटको तयारीका लागि बंगलादेशमा रहेको नेपाली युवा टोलीले तेस्रो अभ्यास खेलमा जित निकालेको छ। आज भएको अन्तिम अभ्यास खेलमा नेपालले बंगलादेशको यु–१९ क्रिकेट टोलीलाई ६ विकेटले पराजित गरेको हो।

पहिले व्याटिङ गरेको बंगलादेशले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४६ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर भेट्टायो। नेपालको जितमा आशिफ शेखले ९० रनको योगदान दिए भने जितेन्द्र सिंहले ४५ रन बनाए।

त्यस्तै नेपालको जितमा कप्तान दिपेन्द्रसिंह एरी २७ रनमा अविजित रहँदा रोहित कुमार पौडेलले २५ रन जोडे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर २ सय २५ रन बनाएको थियो। बंगलादेशका लागि अमिनुल स्लामले ८० रन बनाएका थिए। नेपालका शाहब आलमले तीन तथा अनिल कुमार शाहले दुई विकेट लिए।

मलेसियामा हुने प्रतियोगितामा समूह ए मा नेपालसँगै भारत, बंगलादेश र आयोजक मलेसिया रहेको छ। त्यस्तै समूह बी मा श्रीलंका, अफगानिस्तान र पाकिस्तान रहेको छ प्रतियोगिताको पहिलो खेलमा नेपाल र बंगलादेशबिचको नोभेम्बर ११ मा हुनेछ। त्यस्तै दोस्रो खेलमा नेपालले भारतसँग नोभेम्बर १२ र अन्तिम खेलमा मलेसियासँग नोभेम्बर १४ मा खेल्नेछ। समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्।

प्रकाशित: १९ कार्तिक २०७४ १२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App