८ वैशाख २०८१ शनिबार
राजनीति

कर्मचारीले मतदान गर्न पाउने/नपाउनेबारे एमिकस क्युरी पठाउन आग्रह

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचनमा खटिने सरकारी कर्मचारी तथा सुरक्षाकर्मीले मतदात गर्न पाउने /नपाउने विषयको रिटमा वहस सुरु गर्दै एमिकस क्युरी  मगाएको छ।

सर्वोच्च अदालतका न्यायाधीश द्वय दीपकराज जोशी र डम्बर बहादुर शाहीको संयुक्त इजलासले विषयको गम्भिर्यतालाई ध्यानमा राखी नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट उक्त मुद्दामा  भोलीको वहसका लागि एमिकस क्युरी  पठाउन आग्रह गरेको हो। सर्वोच्चले रिटको सुनुवाई भोली (सोमबार) लाई समेत तय गरेको ।

कर्मचारीले पनि मतदान गर्न पाउने माग गर्दै उपन्यायाधीवक्ता भरत प्रसाद मैनालीले रिट दायर गरेका थिए।

प्रकाशित: १९ कार्तिक २०७४ ११:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App