८ वैशाख २०८१ शनिबार
राजनीति

भक्तपुरमा वाम तालमेल संकटमा

भक्तपुर- भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीचको वाम तालमेल संकटमा परेको छ। नेपाल कम्युनिष्ट पार्टी  (माओवादी केन्द्र) भक्तपुरले प्रेस विज्ञप्ति प्रकाशित गरी तालमेल टुटेको आधिकारिक घोषणा गरेको छ।

वाम तालमेल अनुसारको उम्मेदवारी नदिई माओवादी केन्द्रको भागमा परेको क्षेत्रमा पनि एमालेले आफ्नो छुट्टै उम्मेदवारी दिएको भन्दै माओवादी केन्द्र भक्तपुरले तालमेल तोड्ने घोषणा गरेको हो। ‘उम्मेदवारी फिर्ता लिन हामीले धेरै अनुरोध गर्‍यौं', माओवादी केन्द्रका जिल्ला सदस्य सुनिल बासुले नागरिकन्यूजसँग भने, 'तर उहाँहरुले मान्नु भएकन। त्यसकारण वाम तालमेल टुटेको घोषणा गर्दैछौं।’ एमाले केन्द्रले निर्देशन दिए पनि जिल्लाले उम्मेदवारी फिर्ता नलिदा समस्या भएको उनले जनाए।

वाम तालमेल अनुसार भक्तपुर क्षेत्र नं १ र त्यसको दुवै क्षेत्र प्रदेश माओवादी केन्द्रको भागमा थियो। त्यसअनुसार भक्तपुर क्षेत्र नं १ चाँगुनारायण क्षेत्रमा माओवादी केन्द्रका डीपी ढकालको उम्मेदबारी दिएका थिए। तर त्यस क्षेत्रमा एमालले पनि एमाले जिल्ला सचिव हरिशरण लामिछानेको पनि उम्मेदवार बनाएको छ।

प्रकाशित: १९ कार्तिक २०७४ ११:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App