८ वैशाख २०८१ शनिबार
खेल

अभ्यासमा नेपालको अर्को हार

काठमाडौं– एसिसी यू–१९ युथ एसिया कप तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपाली युवा टोली शनिबार दोस्रो अभ्यास खेलमा बंगलादेशको यु–१९ टोलीसँग १ सय २३ रनले पराजित भएको छ।

बंगलादेशको क्रिरा शेख प्रतिष्ठानको क्रिकेट मैदानमा २ सय ७८  रनको लक्ष्य पछ्याएको नेपाली टोलीले ३६.५ ओभरमा १ सय ४ रन बनाउँदा सबै विकेट गुमायो । तेस्रो ओभरको चौथो बलमा ओपनर सन्दीप सुनारलाई गुमाएको नेपालले त्यसपछि निरन्तर विकेट गुमाइरहयो । ११ बल खेलेका सन्दीप ३ रन बनाएर पवेलियन फर्किएका थिए । लगत्तै ९ रन बनाएका आरिफ शेखलाई रुनी होसैनले सैफ हशनमार्फत क्याच गराए । ३ रन बनाएर खेलिरहेका अनिलकुमार शाह पनि होसैनकै बलमा बोल्ड भए । कप्तान दीपेन्द्रसिंह ऐरीले १० बल खेलेर कुनै रन जोड्न सकेनन् । रोहितकुमार पौडेल ९ रनमा पवेलियन फर्किदा पवन सर्राफ १६ बनाएर रन आउट भए । प्रनित थापामगरले १२ रन जोड्दा भिम सार्की ४ रन बनाएर रोबी उल हकको बलमा बोल्ड भए । नेपालका लागि रसिद खानले सबैभन्दा धेरै २४ रन बनाए । सन्दीप लामिछाने १३ रनमा अविजित रहे। 

बंगलादेशका हसन महमुदले ३ विकेट लिँदा होसेन, रोबी उल हक र अफिफ होसैनको नाममा समान २÷२ विकेट रह्यो ।
त्यसअघि सैफ हसन र अफिफ होसैनले अर्धशतक पूरा गरेपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको बंगलादेशले निर्धाििरत ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७७ रनको योगफल खडा गरेको थियो । ओपनर सोजिब होसैन शुरुमै रन आउट भए पनि त्यसपछिका ब्याट्सम्यानले नेपाली बलरलाई निराश पारेका थिए । अर्का ओपनर नेम शेखले २८ बलमा ४ चौका र १ छक्कासहित २६ रन बनाए । १ सय १५ बल खेलेका कप्तान सैफ हसनले ४ चौका र १ छक्कासहित ६२ रन जाडे । तहिद हृदोएले २९ रन जोड्दा अफिफ ५९ रन बनाएर रनआउट भए ।  सकिल होसैनले १४ रन बनाए। 

नेपालका कप्तान दीपेन्द्रसिंह र पूर्व कप्तान सन्दीप लामिछानेले समान २÷२ विकेट लिए । नेपाल पहिलो खेलमा पनि ३ विकेटले पराजित भएको थियो । नेपालले बंगलादेशविरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेल आइतबार खेल्नेछ । 
बिहीबारबाट मलेसियामा शुरु हुने यु–१९ युथ एसिया कपअन्र्तगत समुह ‘ए’ मा रहेको नेपालले भारत, बंगलादेश र आयोजक मलेसियाविरुद्ध खेल्नेछ। 

प्रकाशित: १९ कार्तिक २०७४ ०६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App