८ वैशाख २०८१ शनिबार
विचार

माथेमा सरसँग केही थप सवाल

सेवा निवृत्त भएर पनि कवि शिरोमणिको ‘तरुणतपसी’झैँ अनवरत सेवारत कवि भूपीको बूढो घण्टाघर कुनै दृश्यविहीन व्यक्तिका कचेरा जमेका आँखाजस्तो रानीपोखरी (हाल रानीचौर) को किनारमा उभिएको ट्राफिकझैँ घडीका सुईरूपी हातका इसाराले धेरै कुरा दिशानिर्देश गरिरहेछ । घण्टाघरैमुनि भर्खरै सय लागेको त्रि–चन्द्र छ, आप्mनै वरिपरि हातमा कहतारो उठाएर जिजीविषाको भीख मागिरहेका थुप्रै थुप्रै मगन्ते, भिखारी र रात्रिचर लाटाकोसेरा, चमेरा र हुइया हुइया कुखुरा चोर, स्याल, मल्स्याप्रा र दिउँसै आँखामा पिसाब फेरेर रात पारिदिने मुटु, कलेजो र मिर्गौला चोर ब्वाँसा काजी...अनि आप्mनै मासु काटेर थुप्रो थुप्रो सडकमै बेच्न बसेका निर्धन चेली र तिनका एकराते प्रेमीहरूबाट घेरिएर निरन्तर आफ्नै विरुपाक्ष सन्तानहरूबाट लुछिँदै–चोक्टिदै र चपाइँदै छातीमा दुई दुइटा महाभूकम्प थापेर मौन मौन ठिंग उभिरहेको सहनशील, सज्जन–दुर्जन सबै सबैमा निस्पृह, निराग्रह सम्भावको ज्ञानगंगा अभिसिञ्चनरत छ– त्रि–चन्द्र ।

आदरणीय माथेमा सर, ‘नागरिक’ दैनिकको ०७४ साउन २२ को अंकमा अन्तर्वार्ताकार विमल आचार्यसित यहाँले गरेको कुराकानी पढेँ । पढ्दा लाग्यो, तपाईं पनि सेवानिवृत्त यो बूढो घण्टाघर नै हो, बुभुत्सु, बटुवाहरूलाई दिशानिर्देश गरिरहेको । यो ज्ञानगंगाबाट अलिकति जीवनजल तपाईंले पनि आचमन गर्नुभएको रहेछ तर अहिले यो फूलबारी...। उफ् ! आज यो शतवर्षे वयस्क, आफ्नो सम्पूर्ण आर्जन सन्तानलाई बुझाएर उपेक्षाले पस्किएको भातको थालीमा जीर्ण–रुग्न जीवन बाँचेको छ । 

आज देशैभरि योग्यता, क्षमता, इमानदारी केही चाहिँदैन । चाकरी, चाप्लुसी र चाटुकारी भए सिँढी चढ्न पर्याप्त हुन्छ । लिलाम बढाबढमा छन्, सम्पूर्ण मालदार पद । यहीँका कुरा गरौँ, यहाँ २४ घन्टामा २५ घन्टा ओभरटाइम भत्ता ज्यूनार गरेको इतिहास छ । निजीमा १०/१५ जनाले हुने कामका लागि झन्डै डेढ सय हुँदा पनि काम हुँदैन ।

माथेमा सर ! तपाईंले अँध्यारोका उपर्ना उघार्ने कोसिस गर्नुभयो । पुराना भवन, रंगरोगन उडेका, लेउ लागेका र रुख उम्रेका भित्ता, कक्षा कोठा, बेन्च आदि । परिसरमा थुप्रिएको फोहोरको डंगुर । तर यो बाहिरी आवरणकाभित्र भित्र जमेर बसेको भित्री अँध्यारो देखेरै म त्राहिमाम छु, निस्सासिएको छु । भित्रभित्र हड्डीभित्र जीवकोषभरि, अर्बुदका जीवाणु भएर गढेको छ । उहिले यही पुराना भवनको पुराताŒिवक महŒव कायम रहने गरी, रंगरोगन उडेका, लेउ लागेका भित्ता मात्र होइन, पूरै भवनै जीर्णोद्वार गरिदिने दाता भएर आएको थियो, एनसेल नामको साहू । सम्झौता पनि भयो, भीख दिएबापत भोका गिद्धहरूले थप कमिसन पनि मागे, यो अँध्यारोले माग्यो । प्रशासनले खुसखुस ग¥यो— विद्यार्थी नेताले मागे । विद्यार्थी नेताले भाषणमै भने– प्रशासनले नै...। त्यसपछि तैँ चुप, मैँ चुप ।

सबै जोगी मर, मेरै थैली भर । यी भवन, यो विद्यामन्दिर सबै भड्खालैमा गए जाऊन् । आफ्नो थैली भर्न पाए पुग्यो । यो अँध्यारो, यो घिनलाग्दो फोहोर यहाँको मात्र होइन, विश्वविद्यालय र यो सिंगो देशैलाई लागेको असाध्य रोग हो । आज देशैभरि योग्यता, क्षमता, इमानदारी केही चाहिँदैन । चाकरी, चाप्लुसी र चाटुकारी भए सिँढी चढ्न पर्याप्त । लिलाम बढाबढमा छन्, सम्पूर्ण मालदार पद । यहीँका कुरा गरौँ, यहाँ २४ घण्टामा २५ घण्टा ओभरटाइम भत्ता ज्यूनार गरेको इतिहास छ । त्यति गरेर पनि असन्तुष्ट सिन्को भाँची दुई हुँदैन । निजीमा १०÷१५ जनाले हुने कामका लागि झन्डै डेढ सय हुँदा पनि काम हुँदैन । प्रयोगशाला, भवन मर्मत, खेलकुद...सुनिन्छ, फर्जी बिल उहाँहरूबाटै आउँछन्, सामान आउँदैन ।

जो अगुवा उही बाटो हगुवा । जब पूmलबारीको संवद्र्धनको बिँडो काँधमा उठाएका मालीबाटै उधिँखोरेले रछ्यानमा थुतुनो गाडेजस्तो । एकै समयमा विदेशमा कार्यपत्र पनि प्रस्तुत हुन्छ र स्वदेशको केन्द्राध्यक्षमा हाजिर गरी भत्ता ज्यूनारीको पुरुषार्थ पनि हुन्छ । अनुयायीहरूले त्यो नैतिकता र आदर्श नसिकेर के गर्ने ?

त्यो दिन तपाईं त आउनुभएन, सायद बोलाइनु नै भएन (यहाँ कसैलाई तपाईंको आवश्यकता पनि थिएन) । शतवार्षिकीको नाटक हेर्न लायकको थियो । सम्माननीय प्रमुख अतिथिका अगाडि पछाडि पूmलका गुच्छा लिएर स्वागतमा प्रतिबद्ध हामी प्रिय भक्तजन, नन्दी, भृङ्गी (धूर्तश्रेष्ठ स्याल र फ्याउरा विद्वान्)हरूको ताँती । गिरिराजचव्रmचूडामणि...। लाग्थ्यो, एक्काइसौँ शताब्दीका प्रजातन्त्र सेनानी होइन, उन्नाइसौँ वा भ्रष्टाचारमा लिप्त बीसौँ÷एक्काइसौँ शताब्दीतिरकै श्री ३ चन्द्र सरकारको सवारी हुँदैछ, उद्घाटन गर्न ।

गिरिराजचव्रm तुमेव माताश्च पिता तुमेव, स्तुतिपत्र थाप्दै प्रमुख अतिथिले भन्नुभयो, “मैले पढेको यस ऐतिहासिक...ले आजको युगमा देशविदेशमा प्रतिस्पर्धा गर्न सक्ने आत्मनिर्भर, सक्षम, जनशक्ति उत्पादन गर्न
सक्नुपर्छ ।” आहा ! क्या सुन्दर महानवाणी ! सम्माननीयले त्यसो भनिरहँदा यस लम्फुले एक्काइस वर्षपूर्व उहाँकै एक नेतृको सोर्समा भर्ती भएका एक अस्थायी क्लर्कले आएको तीनै महिनामा शिक्षा पुरस्कार पाएको र चालीस वर्ष निष्ठापूर्वक सेवा गरेका बूढा प्राध्यापक हेरेको हे¥यै भएको सम्झ्यो । अनि आजभन्दा डेढ वर्षपूर्व गणितका एकजना महान् आंशिकले कक्षा नलिइदिँदा विद्यार्थीहरू उजुर गर्न पुगेको सम्झ्यो । विभागीय प्रमुख, सहायक क्याम्पस प्रमुख आदिले कक्षा लिइदिन बिन्तीभाउ गर्दा केही नलागेपछि विद्यार्थीहरूलाई यो लम्फुले भनेथ्यो, के गर्ने भाइ हो, तपाईंहरूलाई पढाउनुपर्ने सक्ने सरले आपूmले कक्षा लिनुभएको थियो र मेहनत गर्नुभएको थियो । आफैँले परीक्षा दिई राम्रो अंक ल्याएर उत्तीर्ण हुनुभएको थियो । उहाँ निवेदनमा तोक लगाइदिने नेतादि कुनै ठूलो मान्छे नपाएर जो भएका प्रमाणपत्र च्यातेर खाडी पुगिसक्नुभयो । तपाईंहरूलाई कक्षा नलिइदिने यो सरले आपूmले कहिल्यै कक्षा लिनु अर्थात् पढ्नुभएन, सधैँ खेताला लगाएर परीक्षा..., नभए चिटसिटको व्यवस्था मिलाएर...। आफैँले कक्षा नलिएपछि तपाईंहरूलाई किन ? आफ्ना लागि दुःख नगर्नेले अरूका लागि गर्छ ?

उहाँ मात्र होइन, उहाँजस्ता यो देशमा असंख्य नेता, कार्यकर्ता, ज्वाइँ, सालाहरू हुनुहुन्छ । उहाँहरू महिना मरेपछि हाजिरकपी भर्न पाउकष्ट गर्नुहुन्छ । यो ज्ञानगंगा भाइ, भतिजा र श्रीमतीज्यूहरूको भर्ती केन्द्र पनि हो । उहाँहरूका पछाडि विद्यार्थी, प्राध्यापक आदिका संघ, संगठन र सिंगा पार्टी छन् । हेर्नुहोला, भोलि उहाँहरू नै हड्ताल गर्नुहुनेछ । स्थायी र छिट्टै अझ माथिका निकाय चलाउने ठेक्का पाउनुहुनेछ। 

आज अर्को एउटा सरस्वतीको मन्दिर डुब्दैछ, साझा प्रकाशन । हिजो भर्ती केन्द्रै बनाए पनि संस्था डुबाएका थिएनन्, क्षेत्रप्रतापहरूले । यो संस्थालाई कसैकी प्रेमिकाले र कोही बाघको खोल ओढेका यी आजका नक्कली ब्वाँसाले लुछे र आज परिणाम छर्लंगै छ । गिरिराजचव्रm‘चूडामणि’ तीस अर्ब वा त्यसभन्दा ठूला काण्डमा प्रकाण्ड वा आजका यी सफाइ दिएर पुरस्कृत भूपाल, गोपाल आदि महापालहरूको त कुरै नगरौँ, तिनलाई त्यसो गर्न बल दिने महामानवहरू त पुरस्कृत भएर झन्डा हल्लाउँदैछन्। 

माथेमा सर ! तपाईंले अँध्यारोका उपर्ना उघार्ने प्रयत्न गर्नुभयो । म अलिकति उज्यालोको घँुघट पनि उठाउन चाहन्छु । यी असंख्य ठुँगाइ, ठोक्काइ र चोक्ट्याइ सहेर पनि यो अटल कल्पवृक्ष नेपालको उच्चतम ज्ञान प्रदायक यो जग, यो सहर र देशकै गहना भएर बीच केन्द्रकै शोभा उभिइरहेकै छ । उहिले एकपटक त एकथरीले उखेलेर चोभारमा गुल्ट्याएर सायद तरुनी नचाउने रेस्टुरेन्ट वा दिउँसै रात पार्ने पार्क बनाउने महान् प्रयत्न गरेकै हुन् । आज देशमा सय विद्यार्थी नभएकासमेत एक दर्जन बढी विश्वविद्यालय छन् । ती दलका र दलका नेताका भाइभतिजा र कार्यकर्ता भर्ती केन्द्र हुन्, यसभन्दा बढी उपयोगिता छैन । यस परिप्रेक्ष्यमा व्यवस्थापन उहिल्यै बिदा गरे पनि विज्ञान र मानविकीका स्नातक र स्नातकोत्तर गरी एघार हजार विद्यार्थी नघट्ने र देशकै विज्ञान स्नातकको दुई तिहाइ भार काँधमा बोकेको यस ज्ञानमन्दिरले दुई दर्जन विभागको भारी काँधमा बोकेर एउटा विश्वविद्यालयकै भूमिका पूरा गरेको छ।

यस पूmलबारीका आजसम्मका ती असंख्य पूmल र तिनका सन्ततिहरूले देश–विदेशमा के कति वासना छरे हिसाब छैन । तर दुःखको कुरो आज नेपालीले ज्यूनार गर्ने भात, तरकारी पनि विदेशबाटै सिलबन्दी गरेर ल्याइदिनुपर्नेतिर लम्किरहेको देशमा राजनीति मात्रै घाटा नलाग्ने सर्वोत्तम व्यवसाय भएको छ। 

माथेमा सर ! तपाईं सबैका श्रेद्धय, तपाईंको आलोचना धेरैलाई पच्छ । यो रंगहीन, ढंगहीन, बेनाम जन्तु, यसभित्र मानवोचित एषणा र आवेग छन्, भावना र संवेदना छन् । बोलौँ भने जिब्रो थुतिने डर छ, खुट्टो भाँचिने र टाउकै फोडिने डर छ । यस ढंग मोरुले कुनै दिन सिर्फ यति भनेथ्यो– नचोरौँ, नचुसौँ । प्लस टु पढेर राम्रो अंक ल्याएकी उनले महाराजगञ्जको एमबिबिएस प्रवेश परीक्षामा पेइङमा नाम निकालेकी थिइन, ३५ लाख तिर्न नसकेर उनको सपना तुहियो, उनी यहीँ ज्ञानमन्दिरमा पढ्न आइन् । उनीजस्ताको सपनामा अगुवाकै बाधा कहिलेसम्म ? ज्ञानमन्दिरमा गोली चल्नु, तरबार नचाइनु सामान्यजस्तै बनेको छ । प्राध्यापकलाई आजन्म झन्डा र नभए डन्डा बिर्ता भएको इतिहासै छ । सर्वश्रेष्ठ धनुर्धरको पदवि पनि । धन्य छ हाम्रो संस्कृति!

विश्वविद्यालयभरि, कैयौँ त विदेशीका किताब चोरेर वा किताबका गाता मात्र फेरेर र त्यसमा आफ्नो नाम थपेर पदोन्नति, ठूला पद । आज बाढी, पहिरो र भूकम्पपीडितहरू आङभरि नाना, पेटभरि दाना र एक चक्की सिटामोल नपाएर मरिसकेपछि हेलिकेप्टर चढेर रमिता हेरी सञ्चारमाध्यममा गोहीको आँसु झार्ने तारणधार महोदयहरू विशिष्टलाई मरणोपरान्त पनि विशेष सुविधा । उफ् ! समाजका सम्पूर्ण क्षेत्रमा एउटा एउटा कुरुक्षेत्र छ । कसले कति बढी तान्न सक्ने, फरक यत्ति छ । दुःशासनहरू आज द्रौपदीको मात्र होइन, आफ्नै आमा गान्धारीको सारी थुतेर नंग्याइरहेछन् । अर्को फरक, यहाँ आज कौरवले कौरवकै खुट्टा तानिरहेछन्। 

आदरणीय माथेमा सर ! सचेतहरूले नै हक र अधिकारका आवाज अगाडि बढाउँछन् । चेतनाशून्य मानिस र खोरमा मोटाएर मासु थाम्न मुस्किल बङ्गुरमा के फरक ? जहाँ चेतना हुन्छ, त्यहाँ राजनीति हुन्छ । मात्र त्यो राजनीति सुध्रिनु छ, सङ््लिनु पर्छ । देशलाई नै भर्तीकेन्द्र बनाउने संस्कृतिका वाहकमध्ये संघ–संगठनका ताबेदार र सब पदाधिकारीहरू नै हुन् । निजामती, सेना, प्रहरी सबका आ–आफ्ना परिवारसमेतको उपचार गर्ने अस्पताल छन् तर प्राध्यापकको ? शिक्षणमा त दुई जना केटाकेटी पढाउने सुविधा पनि छैन । आज त नोटरी पब्लिकको व्यवस्था भयो । हिजो बढुवा भएर अधिकृत भएको एसएलसी अनुत्तीर्ण व्यक्तिले स्नातकोत्तरको प्रमाणपत्र प्रमाणित गर्न पाउँथ्यो तर विश्वविद्यालयको प्राध्यापकले ? ऊ आफैँले दिएको प्रमाणपत्र प्रमाणित गर्न पाउँदैन । यो मर्यादाहीन मर्यादाक्रम ! 

हिजो यो हिलोमा पनि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सहिद गंगालाल, गोपालप्रसाद रिमाल, समालोचक कृष्ण गौतम, ऐतिहासिक राजेश गौतम र तपाईं समाजवैज्ञानिक–बौद्धिक केदारभक्तसम्मका अनेकानेक कमल फुलेका हुन् । अब त्यही फुलाइको सौन्दर्यपान गरेर आत्मरति लिनु नै आजको हाम्रो जीवनको सम्बल हो ? 
(लेखक त्रि–चन्द्र कलेजमा प्राध्यापन गर्छन्)

प्रकाशित: १९ कार्तिक २०७४ ०४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App