coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादीको बन्दसूचीमा पुराना धेरै

काठमाडौं – नेकपा माओवादी केन्द्रले यसअघि सांसद भइसकेका धेरै नेताहरूलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा समावेश गरेको छ। 
निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूचीमा पहिलो नम्बरमा खसआर्य महिलामा पूर्वमन्त्री रेखा शर्माको नाम छ । दोस्रो संविधानसभामा उनी समानुपातिक निर्वाचन प्रणालीबाटै सभासद् बनेकी थिइन्। 

दोस्रो नम्बरमा रहेकी पूर्णकुमारी सुवेदी पहिलो संविधानसभामा प्रत्यक्षमा चुनाव जितेर संविधानसभामा उपाध्यक्ष बनेकी थिइन् । पहिलो संविधानसभा चुनावमा कृष्णप्रसाद सिटौलालाई पराजित गर्ने धर्मशिला चापागाईंलाई माओवादीले बन्दसूचीको तेस्रो नम्बरमा राखेको छ । पहिलो संविधानसभामा समानुपातिकतर्फबाट सांसद बनेकी सत्या पहाडी चौथो नम्बरमा छिन् । त्यसैगरी पहिलो संविधानसभामा बैतडीमा प्रत्यक्ष चुनाव जितेकी रेनु चन्द सूचीको पाँचौं नम्बरमा छिन्। 

खस आर्यमा पाण्डे पहिलो नम्बरमा
खस आर्य पुरुषको सूचीमा हितराज पाण्डे पहिलो नम्बरमा छन् । दोस्रो संविधानसभामा उनी गोर्खा २ बाट निर्वाचित भएका थिए । दोस्रो नम्बरमा मणि थापा छन् । त्यसैगरी जनजागरण पार्टीका लोकमणि ढकाल र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह पनि सूचीको तेस्रो र चौथो स्थानमा छन् । ढकाल दोस्रो र सिंह दुवै संविधानसभामा समानुपातिकतर्फबाट सभासद् बनेका थिए । पाँचौं नम्बरमा पार्टी अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायण दाहाल छन् । पहिलो संविधानसभामा उनले चितवनबाट प्रत्यक्ष चुनाव जितेका थिए। 

घर्ती जनजातिबाट पहिलो नम्बरमा 
आदिवासी जनजातितर्फको सूचीका पहिलो स्थानमा जयपुरी घर्ती रहेकी छिन् । उनी पहिलो संविधानसभामा रोल्पाबाट निर्वाचित भएकी थिइन् । दोस्रो नम्बरमा शशि श्रेष्ठ, तेस्रो नम्बरमा ओनसरी घर्ती, चौथो र पाँचांैमा नम्बरमा क्रमशः यशोदा सुवेदी गुरुङ र अमृता थापा छन् । घर्ती दोस्रो संविधानसभामा समानुपातिकबाट पुगेकी हुन् । सुवेदी र थापा दुवै पहिलो संविधानसभामा समानुपातिकतर्फका सभासद् थिए । आदिवासी जनजातिका सूचीमा रहेकी पार्वती थापा गोर्खाबाट निर्वाचित भएबी थिइन्। 

दलित महिलातर्फका पहिलो नम्बरमा अञ्जना विसंखे, दोस्रो नम्बरमा दुर्गा विक र तेस्रो नम्बरमा सीतदेवी बौडेल छन् । पहिलो संविधानसभामा विक कास्की ४ र बौडेल नवलपरासी ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। 

त्यसैगरी पुरुष दलितमा तिलक परियारको नाम पहिलो नम्बरमा छ । उनी पहिलो संविधानसभामा बाँके– १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । मधेसी समुदायबाट पहिलो नम्बरमा जोगबहादुर बबरिया यादवको नाम छ । मधेसी महिलाको पहिलो नम्बरमा इन्दु शर्मा छिन्। 

प्रकाशित: १९ कार्तिक २०७४ ०३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App