७ वैशाख २०८१ शुक्रबार
राजनीति

अगाडि को–को छन्

काठमाडौं –संघीय समाजवादी फोरमबाट खस आर्य क्लस्टरमा  सिफारिस समानुपातिक उम्मेदवार सूचीको पहिलो  नम्बरमा पर्शुराम बस्नेत छन् । यसैगरी प्रेमकृष्ण पाठक, प्रकाश अधिकारी, राजन केसी र प्रेमनारायण थापा पनि खस आर्यबाट दुईदेखि पाँचौ नम्बरमा क्रमशः सिफारिस भएका छन्।
   
सो दलले समानुपातिक सूचीमा मधेसी कोटामा पहिलो नम्बरमा रत्नेश्वरलाल कायस्थकोे नाम राखेको छ । त्यसपछि रेणुकुमारी यादव, रामविलास यादव, रेखा यादव र मिथलेशकुमार सिंहको नाम छ । आदिवासी जनजातिबाट राजेन्द्र श्रेष्ठको नाम पहिलो नम्बरमा  छ । त्यसपछि क्रमशः दुर्गामणि देवान, महेन्द्र पासवान, आङकाजी शेर्पा र पुष्पराज राजकर्णिकारको नाम आदिवासी जनजाति सूचीमा राखिएको छ ।  थारुबाट रीता चौधरीको नाम सबैभन्दा अगाडि छ । यसैगरी सो समुदायबाट  लिलाकुमारी चौधरी, मोहनलाल चौधरी, भागवत चौधरी र विनोदकुमार चौधरीको नाम क्रमशः सूचीमा राखिएको छ । दलितबाट रामबहादुर नेपाली पहिलो, दलवप्र नेपाली दोस्रो, प्रेमलाल पोखरेल तेस्रो, साजन घतानी चौथो र तिलकराज विक पाँचौ नम्बरमा सिफारिस भएका छन्। 

त्यस्तै फोरमको समानुपातिक सूचीमा मुस्लिम कोटाअन्तर्गत एकदेखि चार नम्बरसम्म क्रमशः नरूल दुहा फकिर, रूही राज, मञ्जु शर्मा अन्सारी र रिजवान अहमद साहको नाम छ । रत्नेश्वरलाल कायस्थ, रेखा यादवलगायत केही केन्द्रीय नेता फोरमको समानुपातिकमा दोहोरिएका छन्। 

यसैगरी राष्ट्रिय जनता पार्टीबाट  मधेसी कोटामा चन्दा चौधरी, मुस्लिम कोटामा अकवाल अहमद, खस आर्य कोटामा नरमाया ढकाल, आदिवासी जनजातिमा रानी मण्डल, थारूमा पशुपति चौधरी र विश्वेश्वर रजकको नाम पहिलो नम्बरमा सिफारिस भएको छ । सो पार्टीबाट मधेसी कोटामा इन्दिरा झा दोस्रो, किरणकुमारी राय तेस्रो, धर्मेन्द साह तेली चौथो र विजयकुमार सिंहको नाम पाँचौं नम्बरमा सिफारिस गरिएको छ । मुस्लिम कोटामा दुईदेखि पाँचौं नम्बरमा क्रमशः चुन्नी खातुन, खातुन राइन, अलाउद्दिन अन्सारी र लविदा राइनको नाम छ ।  आदिवासी जनजाति कोटामा दुईदेखि पाँचौं नम्बरमा क्रमश सत्यनारायण मण्डल, रामलाल सुतियार, कामेश्वर झा र श्यामसुन्दर सरदार सिफारिस भएका छन् ।  थारु समुदायबाट सरिता चौधरी, शोभा थारू, ललिताकुमारी चौधरी र उदयसिंह क्रमशः दुईदेखि पाँचौं नम्बरमा सिफारिस भएका छन् । यसैगरी दलितबाट सिफारिस नाममा एकदेखि पाँचौं नम्बरमा क्रमशः विश्वेश्वर रजक, राजाराम पासवान, दुलारी देवी खँग, रामप्रवेश दासललमा र राजेन्द्र राम सिफारिस भएको छ। 

राजपाबाट समानुपातिकमा इन्दिरा झा, निर्जला राउत, इकवाल अहमद, रामनरेश राय, डिम्पल झा, धर्मेन्द्र साहलगायत दोहरिएका छन्। 

त्यस्तै राप्रपाबाट समानुपातिक सूचीमा सिफारिस नाममा जनजातिबाट पहिलो नम्बरमा बुद्धिमान तामाङ, दोस्रोमा तोरण गुरूङ छन । खस आर्यमा राजीव पराजुली, दीपकबहादुर सिंह पहिलो र दोस्रो स्थानमा छन् । थारुबाट पहिलो र दोस्रो नम्बरमा लिलाराज चौधरी र चन्दनकुमार चौधरीलाई   सिफारिस गरिएको छ। दलितबाट पतिरामा चनारा, भक्तबहादुर खपाडी विक तथा मधेसी कोटाबाट हरिनाराण यादव र प्रल्हाद साह क्रमशः पहिलो र दोस्रो नम्बरमा सिफारिस परेका छन्। 

अध्यक्ष नै समानुपातिकमा 
केही राजनीतिक दलले केन्द्रीय अध्यक्षलाई नै समानुपातिक सूचीमा सिफारिस गरेका छन् । राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसी समानुपातिको सूचीको पहिलो नम्बरमा छन् । नेकपा मालेका महासविच सिपी मैनाली पनि समानुपातिक सूचीमा छन् । अघिल्लोपटक पनि मैनाली समानुपातिक कोटामा सांसद भएका थिए। 
मैनालीले  पत्नी निलम खड्कालाई पनि समानुपातिक सूचीमा सिफारिस गरेका छन्।

प्रकाशित: १९ कार्तिक २०७४ ०२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App