आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारको सूची

शुक्रबार, १७ कार्तिक २०७४, १९ : ५२ नागरिक

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा तर्फका समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ। मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले पेश गरेको बन्द सूची आयोगले शुक्रबार सार्वजनिक गरेको हो।

 समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव चबेगेन्द्रराज शर्मा पौड्यालले आयोगमा आयोजित पत्रकार सम्मेलनमा बन्दसूची सार्वजनिक गरे।  

बन्दसूची सार्वजनिक गर्दै आयोगका सचिव पौड्यालले समानुपातिक निर्वाचनमा राजनीतिक दलहरूबाट जम्मा ६ हजार ९४ उम्मेदवारको बन्दसूची समावेश भएको प्रारम्भिक विवरण रहेको जानकारी दिए। सार्वजनिक गरिएको बन्दसूची अनुसार, आदिबासी पुरूष ७८३, महिला ९३१ र अन्य १, खस आर्य पुरूष ८६७ र महिला ९९७, थारू पुरूष १५८ र महिला २६२, दलित पुरूष ३४२ र महिला ४९६, मधेशी पुरूष ४५५ र महिला ५६३, मुस्लिम पुरूष ८१ र महिला १५७ उम्मेदवार रहेका छन्। यसैगरी, अपाङ्गता भएका पुरूष १५८, महिला ११५ र अन्य १ तथा पिछडिएका क्षेत्रका पुरूष १०७ र महिला १२२ उम्मेदवारको नाम बन्दसूचीमा समावेश रहेको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलहरूमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ र प्रदेशसभा सदस्य निर्वाचन समेतका लागि ५३ दलले बन्दसूची बुझाएका थिए। सार्वजनिक गरिएको बन्दसूची निर्वाचन आयोगको वेभ साइटमा राख्ने व्यवस्था मिलाइएको र मिति २०७४ कात्तिक १८ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा बन्दसूची प्रकाशन गरिने आयोगले जनाएको छ।

 बन्दसूचीमा नाम समावेश भएका उम्मेदवार संविधान वा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभाका हकमा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिमको योग्यता नपुगेको वा उम्मेदवार हुन अयोग्य भएको भए सो सम्बन्धमा ७ दिनभित्र दाबी विरोधमा उजूरी गर्न सकिने समेत व्यवस्था रहेको छ।

समानुपातिकतर्फको निर्वाचन कार्यक्रम अनुसार, २०७४ कात्तिक १८ देखि कात्तिक २४ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिन सकिने, कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म त्यस्ता दाबी विरोधका निवेदनमाथि जाँचबुझ र निर्णय गर्ने कार्यक्रम रहेको छ। जाँचबूझपश्चात् बन्दसूचीबाट नाम हटेको सूचना प्रकाशित गरी २०७४ मङ्सिर ३ गते उम्मेदवारको बन्दसूची अन्तिमरूपमा प्रकाशन गर्ने आयोगले जनाएको छ।

 





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad