७ वैशाख २०८१ शुक्रबार
समाज

विषादीको बट्टामा पानी पिउँदा एक वालिकाको मृत्यु ४ विरामी

रौतहट- किटनासक औषधिको बट्टामा पानी पिउँदा सर्लाहीमा एक वालिकाको मृत्यु भएको छ भने ४ जना विरामी भएका छन्।

खेतमा खेल्नेक्रममा भेटिएको बट्टामा कौडेना गाउँपालिका २ फुलपरासी टोलका उनीहरुले पालैपालो भरेर पानी पिएका थिए। मत्यु हुनेमा राजकिशोर रायको ३ वर्षको छोरी अस्मिता कुमारी राय रहेकी छन्। उपचारकोलागि जिल्ला अस्पताल मलङगवा लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

विरामी हुनेमा ४ वर्षिय पूजा कुमारी र उनको २ वर्षको भाइ आदित्य यादव, ४ वर्षिय खुस्वु कुमारी र उनको २ वर्षको भाइ खुशीलाल राय रहेको सर्लाही प्रहरी प्रमुख एसपी मसाउद अली खाँले बताए। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला अस्पताल मलंगवाका आकस्मिक कक्षका अहेव नथुनी महतोका अनुसार ४ बालबालिकाको अवस्था खतरामुक्त रहेको छ।

प्रकाशित: १७ कार्तिक २०७४ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App