लागुपदार्थ कारोवारी र ज्यान मार्ने अभियुक्त पक्राउ

शुक्रबार, १७ कार्तिक २०७४, १९ : १० नागरिक

जनकपुरधाम (रासस)-  लागुपदार्थ बेचबिखन गर्ने एक भारतीयलाई धनुषा जिल्ला प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले भारतीय सीमाबाट नेपालतर्फ ठूलो मात्रामा लागुपदार्थ ल्याउँदै गरेका भारत मधुवनी जिल्ला हरलाखी ग्राम पञ्चायत इटहर्वा वडा नं १ का २४ वर्षीय अन्सारूल राइनलाई पक्राउ गरी यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरियो। प्रहरी नायब उपरीक्षक प्रवीण धितालका अनुसार धनुषा जिल्ला धनौजी–४ बाट राइनलाई प्रतिबन्धित नाइट्रोभेट नामक ५०० पत्ता लागुपदार्थसहित पक्राउ गरिएको हो।

त्यस्तै तराई राष्ट्र जनतान्त्रिक पार्टीका सैन्य कमान्डर बताउने कमला नगरपालिका वडा नं ७ का ३२ वर्षीय विजय यादवलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरी टोलीले सीमा नजिक जाँच गर्ने क्रममा यादवलाई पक्राउ गरेको बताइएको छ । यादव सिरहाको मिर्चैयामा माओवादी नेता लालु खानलाई गोली हानी घाइते बनाएको ज्यान मार्ने उद्योग तथा संगठित अपराधमा संलग्न रहेको जनाइएको छ।

कार्यालयका अनुसार छ महिनामा सो भूमिगत समूहका चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला ठाडीझिजा गाविस वडा नं ४ का ३५ वर्षीय प्रमोद ठाकुर तथा कमला नगरपालिका वडा नं २४ वर्षीय विष्णुदेव सहनी, वडा नं ७ का ३६ वर्षीय दीपकुमार महतो र २० वर्षीय छोटकन ठाकुर छन्।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad