८ वैशाख २०८१ शनिबार
अन्य

टाटु खोप्दाका सावधानी

संसारभर प्रचलनमा रहेको टाटु कल्चर अहिले नेपालमा पनि ह्वात्तै बढेको छ । टाटुको इतिहास हजारौँ वर्ष पुरानो भए पनि पछिल्लो २०–३० वर्षयता विश्वमै यसको लोकप्रियता बढ्दो छ । त्यसो त टाटुको जमाना नेपालमा पनि धेरै वर्षअघि  सुरु भएको हो । विशेषगरी थारु र नेवारी समुदायका महिलाले पिँडुला वा पाखुरामा टाटु खोप्ने गर्थे । 

टाटु खोप्ने प्रक्रिया साधारण भने छैन । टाटु खोपिसकेपछि यसको हेरचाह गरिएन भने थप जटिलता आउन सक्छ । त्यसैले सुरुका दिन टाटुको हेरचाह गर्नुपर्ने हुन्छ ।

मानिसको भित्री स्वभाव, चरित्र र गुम्सिएको व्यक्तित्वलाई टाटुले बाहिर ल्याउन सहयोग गर्ने टाटु व्यवसायी बताउँछन् । केही वर्ष अघिसम्म  सीमितले मात्रै टाटु खोप्ने गर्थे । अहिले भने धेरै युवाले टाटुप्रति रुचि दिन थालेका छन् । टाटु खोप्ने प्रक्रिया साधारण भने छैन । टाटु खोपिसकेपछि यसको हेरचाह गरिएन भने थप जटिलता आउन सक्छ । त्यसैले सुरुका दिन टाटुको हेरचाह गर्नुपर्ने हुन्छ । टाटुमा थप समस्या नआओस् भनेर गर्नुपर्ने केही सावधानी यस्ता छन् :

१) टाटु खोपिसकेपछि लगाइने ब्यान्डेजलाई कम्तीमा २४ घन्टासम्म यत्तिकै राख्नु उचित हुन्छ । टाटुको मसी छालामा नबस्दासम्म अरु बाहिरी चिजको सम्पर्क नगराउनु उचित हुन्छ।

२) ब्यान्डेज हटाइसकेपछि टाटुलाई चिसो वा मनतातो पानीले पखाल्नुपर्छ । साधारण खाले साबुन प्रयोग गर्न सकिन्छ ।
३) अनावश्यक मसी र निस्केका फोहोर सफा गर्ने । सफा गरिसकेपछि एलर्जी र नचिलाओस् भन्नका लागि राम्रोसँग सफा गर्ने ।

४) सुक्खापन रोक्न सुरुका केही दिन मोस्चुराइजर लगाउन सकिन्छ । तर, वासनारहित मोस्चुराइजर्स मात्र लगाउँदा ठीक हुन्छ । 

५) संक्रमण हुने सम्भावना बढी हुने हुनाले हातले सकेसम्म टाटुलाई छुनु हुँदैन।  

६)  टाटु खोपेका सुरुका दिनमा सूर्यका किरणले हानि पुर्‍याउन सक्छ । त्यसैले घामबाट जोगाउनुपर्छ । 

७) सुरुका केही हप्ता पौडीजस्ता क्रियाकलाप गर्नु हुँदैन ।  पानीको अत्यधिक सम्पर्कले टाटुको आवरण बिग्रन सक्छ।

८) टाटुबाट पाप्रा निस्कनु सामान्य प्रक्रिया हो । तर, प्रापा ननिस्के टाटु अझै गाढा र राम्रो देखिन्छ । त्यसैले त्योबाट जोगिन टाटु आर्टिस्टसँग निरन्तर सम्पर्कमा रहनुपर्छ। 

प्रकाशित: १७ कार्तिक २०७४ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App