coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक

काठमाडौं—मलेसियास्थित रिया आइएमईले  दशैँ र तिहारको अवसरमा ल्याएको ‘दशैँ तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत दोस्रो तथा अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ।

सफ्टवेयरमा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका चार जना भाग्यशालीसेवाग्राही श्रीराम थापा, महेन्द्र शाह, संजितकुमार राय र रामएक्बल महतो भाग्यशाली बिजेता घोषित भएका हुन्।

सेवाग्राहीहरुले मलेसियाबाट रिया आइएमईमार्फत अक्टोबर महिनामा नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए।

स्थापनाकालदेखि नै विभिन्न स्किम ल्याउँदै आएको रिया आइएमईले यसपटकको दशैँ र तिहारलाई लक्षित गरी ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस््’नामक सेवाग्राहीमूखी कार्यक्रम सेप्टेम्बर १ देखि अक्टुबर मसान्तसम्म (दुई महिना)  संचालनमा ल्याएको छ।

योजनाअवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र«’मार्फत पाँच जना भाग्यशाली विजेता घोषणा गरिनेछ। यस अघि राममिण भट्टराई पहिलो भाग्यशाली विजेता छनोट भएका थिए।

भाग्यशाली विजेताहरुले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्गमसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यान प्राप्त गर्न सक्नेछन्। उपहार प्राप्त गर्नका लागि विजेताहरुले मलेसियास्थित रिया आइएमईमा सम्पर्क गर्नुपर्नेछ।

प्रकाशित: १७ कार्तिक २०७४ ०६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App