काठमाडौं – प्रेम भावको एक गीतको छायांकन सकिएसँगै फिल्म ‘बटरफ्लाई’को इन्डक्ल्याप भएको छ । नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्की फिचरिङ ‘मायाका रङहरू’ बोलको गीत छायांकन सकिएसँगै फिल्मको सम्पूर्ण सुटिङ सकिएको हो ।
दोलखाको मुडेमा खिचिएको उक्त गीतमा प्रियंकाले बोल्ड दृश्य दिएकी छिन् । ओम प्रतीक गुरुङको निर्देशन रहेको फिल्ममा अर्पण थापाको पनि अभिनय छ । फिल्ममा पुष्पाञ्जली अधिकारी ‘सखा’, रामशरण राना र भूपेन्द्र सुवेदी निर्माता रहेको फिल्ममा रमेश प्रजापति कार्यकारी निर्माता छन्।
पौष २८ गते रिलिज हुने फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व, विकास चौधरी र दीपक शर्माको संगीत र सुरेश बज्राचार्यको छायांकन छ । यो मितिमा ‘राज्जा रानी’ र ‘मिस्टर झोले’ प्रदर्शन हुने चर्चा छ।
प्रकाशित: १७ कार्तिक २०७४ ०५:४६ शुक्रबार