७ वैशाख २०८१ शुक्रबार
राजनीति

सल्यानमा माओवादीको बागी

रुकुम – नेकपा माओवादी केन्द्र सल्यानले बाम गठबन्धनका सबै उम्मेदवारका विरुद्ध बागी मनोनयन पत्र दर्ता गराएको छ । जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरूले नेकपा एमाले र माओवादी केन्द्रले बाम गठबन्धनले केन्द्रबाट तोकेका उम्मेदवारका विरुद्धमा उनीहरूले बागी मनोनयन पत्र दर्ता गराएका हुन्।

गठबन्धनका तर्फवाट प्रतिनिधि सभामा नेकपा माओवादीका टेकबहादुर बस्नेत, निर्वाचन क्षेत्र नं. १ मा एमालेका गुलावजंग शाह र निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेकै प्रकाश ज्वालाले उम्मेदवारी दर्ता गराए उनीहरूका विरुद्धमा माओवादीका नेताहरूले उम्मेदवारी दिए । प्रतिनिधि सभामा बस्नेतका विरुद्धमा पूर्व सांसद् उमाकान्त शर्मा, क्षेत्र नं. १ मा शाह विरुद्ध भीमप्रकाश शर्मा र क्षेत्र नं. २ मा ज्वालाका विरुद्धमा जीतबहादुर पुनले बागी उम्मेदवारी दिएका हुन्।

उम्मेदवारीपछि पत्रकारसँग कुराकानी गर्दै उमाकान्त शर्माले उम्मेदवार केन्द्रबाट गाउँस्तरवाट छनोट हुनुपर्ने बताए । उनले जनताको मतभन्दा नेताको मतले बाम गठबन्धनका उम्मेदवार छनोट भएको आरोप लगाए । बुधबार साँझ विज्ञप्ती जारी गर्दै माओवादीले केन्द्रको निर्णयप्रति आपत्ती जनाएको थियो।

साथै रुकुममा अन्य दलले पनि मनोनयन पत्र दर्ता गराएका छन् । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्ध, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले र राष्ट्रिय जनमुक्ति पार्टीले मनोनयन दर्ता गराएका छन् । बागागाजा र झाँकीसहित दलहरूले मनोनय दर्ता गराउँदा सल्यानमा चुनावी रौनक गजबको देखिएको थियो ।
कांग्रेसबाट प्रतिनिधि सभामा पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्रबहादुर शाहले उम्मेदवारी दर्ता गराए । प्रदेश सभामा एकराज डिसी र डिल्ली रेग्मीले मनोनय दर्ता गराए । बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका टेकबहादुर बस्नेतले मनोनयन दर्ता गराए भने प्रदेश सभामा एमालेका गुलावजंग शाह र प्रकाश ज्वालाले मनोनयन दर्ता गराए।

राप्रपाले प्रतिनिधि सभामा गणेश भण्डारी र प्रदेश सभामा बालाराम शर्मा र राजेन्द्र वीर राईको मनोनयन दर्ता गराएको छ । नेकपा मालेमा प्रतिनिधि सभामा बलबहादुर गिरी प्रदेश सभामा टेपबहादुर रोका र हिमलाल बुढाथोकी, राष्ट्रिय जनमुक्ति पार्टीमा प्रतिनिधि सभामा खड्कबहादुर पुन तथा प्रदेश सभामा निर्वाचन क्षेत्र नं. २ मा डण्डविर पुनले उम्मेदवारि दिएका छन्।

प्रकाशित: १७ कार्तिक २०७४ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App