coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल कप चितवनमा

काठमाडौं- स्पोर्टस फर अल क्लब र राष्ट्रिय खेलकुद संघको संयुक्त आयोजनामा चितवनमा नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको चौथो संस्करण हुने भएको छ। 'ए' डिभिजनका तीनसहित कुल १० टोलीको सहभागितामा प्रतियोगिता साउन २४ देखि ३१ सम्म हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो। प्रतियोगितामा 'ए' डिभिजनका तीन विभागीय टोली त्रिभुवन आमर्ाी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबको सहभागिता रहनेछ। काठमाडौंका एनआरटी र ब्वाइज युनियन, चितवनकै नारायणगढ फुटबल क्लब र एभरेस्ट क्लब, वीरगन्ज युथ एकेडेमी, रौतहट जिल्ला फुटबल संघ र रुपन्देही ११ को सहभागिता रहने आयोजक अध्यक्ष लोकबहादुर शाहीले बताए।

विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउने छन्। सर्वोत्कृष्ट खेलाडी, म्यान अफ दी फाइनल र उच्च गोलकर्ताले जनही १० हजार रुपैयाँ पाउने छन्।

सहभागीलाई दुई समूहमा विभाजन गरेर नकआउटका आधारमा खेलाइने छ। समूह 'ए' मा एनआरटी, नारायणगढ, रुपन्देही ११, ब्वाइज युनियन र आर्मी तथा समूह 'बी' मा पुलिस, वीरगन्ज, एभरेस्ट, रुपन्देही जिल्ला फुटबल संघ र एपिएफ छन्।

मोफसलका टिम र खेलाडीलाई पनि उत्तिकै मौका दिने उद्देश्यमा प्रतियोगिता सुरु गरिएको शाहीले बताए। 'मोफसलमा हुने प्रतियोगितामा पनि केन्द्रकै टिमहरू हाबी हुने गरेका छन्। हामी मोफसलका खेलाडी र टिम पनि अगाडि आऊन भन्ने चाहन्छौं। यही उद्देश्यमा पहिलो संस्करण तीन वर्षअघि जनकपुरमा गर्‍यौं। त्यहीअनुसार दोस्रो र तेस्रो संस्करण इलाममा गर्‍यौं,' शाहीले भने, 'यसपालि चितवनमा प्रतियोगिता गर्नुको उद्देश्य पनि त्यही हो। स्थानीय क्लब र केन्द्रीय स्तरका टिमबीच प्रतिस्पर्धा गराउँदा स्थानीय स्तरका खेलाडीले धेरै कुरा सिक्ने मौका पाउँछन्।'

शाहीले प्रतियोगितालाई फुटबलको क्रेज भएका अन्य स्थानमा पनि आयोजना गर्ने योजना रहेको बताए। 'हामी नेपाल कपलाई नयाँ खेलाडी उत्पादन गर्ने एउटा राम्रो थलोका रूपमा विकास गर्न चाहन्छौं। भविष्यमा यसलाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा विकास गर्ने हाम्रो लक्ष्य छ,' उनले भने।

प्रकाशित: १८ श्रावण २०७३ ०४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App