coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कसका बागी को ?

काठमाडाै: अाज ४५ जिल्लामा भएको मनाेनयन दर्तामा हेभिवेट नेताविरुद्ध बागी उम्मेदवारी परेको छ। 

काठमाडौं– २ मा एमाले नेता माधवकुमार नेपालविरुद्ध जिल्ला कमिटि सदस्य लक्ष्मीप्रसाद श्रेष्ठले बागी उम्मेदवारी दिएका छन् भने तनहुँ– १ मा नेपाली का‌ंग्रेसका नेता रामचन्द्र पौडेलविरुद्ध कांग्रेस नेता गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएका छन् ।

सप्तरी–२ संघीय समाजवादी फाेरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका महामन्त्री जयप्रकाश ठाकुर चुनावी मैदानमा उभिएका छन् भने महोत्तरी–३ मा राजपा नेता महन्थ ठाकुरविरुद्ध अघिल्लाो चुनावमा स्वतन्त्र विजयी चन्देश्वर झाले बागी उम्मेदवारी दिएका छन् । झा एक महिना अघि मात्र राजपा प्रवेश गरेका थिए । 

रौतहट–१ राजपाका अनिल झाविरुद्ध संघीय समाजवादी फाेरमका बबन सिंहले बागी उम्मेदवारी दिएका छन् भने दाङ ३ मा एमालेका हिराचन्द्र केसीविरुद्ध हालै एमाले प्रवेश गरेकी कोमल ओलीले उम्मेदवारी दिएकी छन्।

सिन्धुली–२ मा माअाेवादीका हरिवोल गजुरेलविरुद्ध किसान संघका उपाध्यक्ष रामकुमार पोखरेलले उम्मेदवारी दिएका छन् । सल्यानमा माअाेवादीका टेकवहादुर वस्नेतविरुद्ध माअाेवादीकै भीमप्रकाश शर्मा चुनावी मैदानमा उत्रिएका छन् । कैलाली–५ मा कांग्रेसका डा.आरजु राणा देउवाविरुद्ध नेविसंघका क्षितिज भण्डारीले बागी उम्मेदवारी दिएका छन् । 

प्रकाशित: १६ कार्तिक २०७४ १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App