coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

केपी ओली झापामा छैटौं पटक उम्मेदवार

झापा— एमाले, माओवादी केन्द्र र राप्रपाबीच तालमेल भएको झापामा तीन दलीय गठबन्धन र काँग्रेसको एकल प्यानलका  शीर्ष नेताहरुसहितका उम्मेद्वारले बिहीबार उम्मेद्वारी दर्ता गरेका छन् । प्रतिनिधिसभाका पाँच र प्रदेश सभाका १० वटै क्षेत्रमा सबै उम्मेद्वारले तामझामसहित उम्मेद्वारी दर्ता गराएका छन्।

झापाको प्रतिनिधिसभाको पाँच सिटका लागि दल तथा स्वतन्त्रसहित ५९ जनाले उम्मेद्वारी दिएका छन् भने प्रदेश सभाको १० सिटका लागि ८८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । यसक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट उम्मेद्वारी दर्ता गराएका छन्। बिहीबार नै काठमाडौंबाट झापा आइपुगेका अध्यक्ष ओलीले आफ्नो पुरानो क्षेत्रमा छैटौंपटक उम्मेद्वारी दिएका हुन्।

बिहीबार नै काठमाडौंबाट झापा आइपुगेका अध्यक्ष ओलीले आफ्नो पुरानो क्षेत्रमा छैटौंपटक उम्मेद्वारी दिएका हुन्।

उनीसँग काँग्रेसले डा. खगेन्द्र अधिकारीलाई प्रतिष्पर्धामा उतारेको छ । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले झापा ३ बाट उम्मेद्वारी दर्ता गराएका छन् । उउनिर्वाचनसहित सातौं पटक उम्मेद्वार बनेका सिटौलासँग राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन भिड्दैछन् । लिङ्देनलाई वाम गठबन्धनको समर्थन छ । त्यस्तै काँग्रेस नेता विश्वप्रकाश शर्माले झापा १ बाट उम्मेद्वारी दर्ता गरेका छन् । यही क्षेत्रमा दोस्रोपटक उम्मेद्वारी दिएका उनीसँग वाम गठबन्धनले माओवादी नेता सुरेन्द्र (राम) कार्कीलाई प्रतिष्पर्धामा उतारेको छ।

उम्मेद्वारी दर्ताका क्रममा वाम गठबन्धनबीच भएको सहमतिअनुसार झापामा एमालेले ३ प्रतिनिधिसभा र  ८ वटा प्रदेशसभामा उम्मेद्वारी दिएको छ ।  माओवादी केन्द्रले १ प्रतिनिधिसभा र २ वटा प्रदेशसभामा उम्मेद्वारी दिएको छ ।  राप्रपाले प्रतिनिधि सभाका लागि एउटा क्षेत्रमा उम्मेद्वारी दिएको छ । 

वाम गठबन्धनबाट झापा १ मा कार्कीका अलावा प्रदेशमा एमालेका श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकीले प्रतिष्पर्धा गर्नेछन् । झापा २ मा  प्रतिनिधिसभामा एमालेकी पवित्रा निरौला खरेललाई उम्मेद्वार बनाएको छ भने प्रदेशमा बिर्ख प्रधान र एकराज कार्की उम्मेद्वार छन् । उनीहरु दुवै एमालेका हुन् ।  ३ नम्बर क्षेत्रमा बाम गठबन्धनले राप्रपाका लिङ्देनलाई सघाउने छ भने प्रदेशमा बसन्त बानियाँ र माओवादीका पूर्णसिंह राजवंशी उम्मेद्वार छन् । एमालेले क्षेत्रनम्बर ४ मा एलपी साँवालाई अघि सारेको छ । प्रदेशमा एमालेका हिरा थापा र माओवादीका झलकसिंह दर्लामी उम्मेद्वार बनेका छन् । क्षेत्रनम्बर ५ एमाले अध्यक्ष ओली र प्रदेशमा हिक्मत कार्की र अर्जुन राई उम्मेद्वार छन् ।

काँग्रेसबाट झापा १ मा शर्मा र प्रदेशतर्फ केशवराज पाण्डे र अशोक पोखरेल उम्मेद्वार छन् । झापा दुईमा केन्द्रमा जिल्ला सभापति उद्धव थापा , प्रदेशमा खड्ग प्रसाई र लक्ष्मण खड्का उम्मेद्वार छन् । ३ मा सिटौलासहित प्रदेशमा भगिरथ पोद्धार र भूमि राजवंशी, झापा ४ मा केन्द्रमा देउकुमार थेवे र प्रदेशमा उत्तम सुवेदी र किरण भट्टराईको उम्मेद्वारी दर्ता भएको छ । झ,ापा ५ मा अधिकारीसहित राजन ढुंगाना र अनिलकृष्ण प्रसाईले उम्मेद्वारी दिएका छन् ।

 

प्रकाशित: १६ कार्तिक २०७४ १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App