coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

उल्लासपूर्ण मनोनयन (फोटो/भिडियो)

उम्मेदवारी दर्तापछि काठमाडौं ४ का काँग्रेस उम्मेदवार गगन थापा। तस्विरः प्रबीन कोइराला

काठमाडौं— प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाबका लागि ४५ जिल्लामा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि बिहीबार ५ बजेसम्म मनोनयन भएको हो।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन्। उनी व्यस्त भएपछि काँग्रेस कार्यकर्ता गणेश पन्तलाई वारेस पठाएर देउवाले उम्मेदवारी दर्ता गराएका हुन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट उम्मेदवारी दर्ता गराएका छन्। भक्तपुर-२ मा मतदाता नामावली भए पनि ओली आफ्नो पुरानो राजनीतिक पृष्ठभूमि भएको झापाबाट उम्मेदवार बनेका हुन्। उम्मेदवारी दर्ता गराउन उनी आफैँ झापा पुगेका थिए। काँग्रेसले इमानमा नभई षड्यन्त्रमा विश्ववास गर्ने हुनाले सहकार्य गर्न गाह्रो पर्ने बताए।

काँग्रेस नेता विमलेन्द्र निधिले धनुषा ३ बाट उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले पनि सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराए।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले चितवन ३ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्तापछिको चुनाबी सभालाई सम्बोधन गर्दै उनले बाम गठबन्धन अधिनायकवादी नभएको र संविधान पालना गर्ने शक्ति भएको बताए।

काँग्रेस महामन्त्री डा.शशांक कोइरालाले नवलपरासी पूर्व (बर्दघाट–सुस्ता) जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका छन्। काँग्रेस नेता विमलेन्द्र निधिले धनुषा ३ बाट उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले पनि सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराए।

काँग्रेस नेता गगन थापाले काठमाडौं ४ बाट उम्मेदवारी दर्ता गराए। उम्मेदवारी दर्ता गराउँदै उनले समृद्ध नेपालका लागि आफू उम्मेदवार भएको दाबी गरे।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौं उपत्यकाका १५ स्थानमध्ये नेकपा (एमाले) बाट १० र नेकपा (माओवादी केन्द्र) बाट पाँच स्थानमा आजै मनोनयनपत्र दर्ता गराइएको छ।

काठमाडौँमा माओवादी केन्द्रले प्रतिनिधि सभाको क्षेत्र नं १, ६ र १०, भक्तपुरमा क्षेत्र नं १ र ललितपुरमा क्षेत्र नं ३ मा उम्मेदवारी दिएको छ भने अन्य बाँकी क्षेत्रमा एमालेका उम्मेदवार भएका छन्।

काठमाडौँमा क्षेत्र नं १ मा अनिल शर्मा, २ मा माधवकुमार नेपाल, ३ मा कृष्ण राई, ४ मा डा.राजन भट्टराई, ५ मा ईश्वर पोखरेल, ६ मा झक्कु सुवेदी, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ, ९ मा कृष्णगोपाल श्रेष्ठ र १० मा हितमान शाक्य उम्मेवार बनेका छन्।

एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र वैकल्पिक पोलिटब्यूरो सदस्य सानुकुमार श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापित विभिन्न क्षेत्रअन्तर्गत प्रदेशसभामा उम्मेदवार बनेका छन्।

प्रतिनिधि सभामा भक्तपुर क्षेत्र नं १ मा मिलन सुवाल, २ मा महेश बस्नेत, ललितपुर क्षेत्र नं १ मा नवराज सिलवाल, २ मा कृष्णलाल महर्जन र ३ मा पम्फा भुसालले उम्मेदवारी दर्ता गराएका छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App