७ वैशाख २०८१ शुक्रबार
खेल

टि–ट्वान्टी विश्वकप छनोट: नेपाली महिला क्रिकेट खेलाडी छनोट

काठमाडौँ– आइसिसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया क्षेत्रको छनोटका लागि १७ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ। 

आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, महिला राष्ट्रिय टोलीका प्रशिक्षक सामसोनजंग थापा र कप्तान रुविना क्षेत्री सम्मिलित टिमले तीन वैकल्पिक खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीको छनोट गरेको हो। 

नेपालले आफ्नो पहिलो खेल मंसिर ४ गते आयोजक थाइल्याण्डसँग, दोस्रो खेल ५ गते हङ्कङसँग, तेस्रो खेल ७ गते युएईसँग, चौथो खेल ८ गते मलेसियासँग र छनोट चरणको अन्तिम खेल मंसिर १० गते चीनसँग खेल्नेछ ।

छनोट हुने नेपाली टोलीका सदस्यमा उपकप्तान सीता रानामगर, नेरी थापा, ज्योति पाण्डे, सरिता मगर, रोमा थापा, सोनु खड्का, रितु कनोजिया, सवनम राई, लक्ष्मी चौधरी, काजल श्रेष्ठ, इन्दु बर्मा, करुणा भण्डारी र संगीता राई छन्। 

त्यसैगरी वैकल्पिकतर्फ नितु भण्डारी, रेखा रावल र कविता कुँवर छन्। थाइल्याण्डमा आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने टि–ट्वान्टी विश्वकप एशिया छनोट खेलमा नेपालसहित आयोजक थाइल्याण्ड, हङ्कङ, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएइ) र चीन सहभागी छन्। 

नेपालले आफ्नो पहिलो खेल मंसिर ४ गते आयोजक थाइल्याण्डसँग, दोस्रो खेल ५ गते हङ्कङसँग, तेस्रो खेल ७ गते युएईसँग, चौथो खेल ८ गते मलेसियासँग र छनोट चरणको अन्तिम खेल मंसिर १० गते चीनसँग खेल्नेछ । रासस

प्रकाशित: १६ कार्तिक २०७४ ११:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App