coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

वामगठबन्धनको समर्थनमा राप्रपाका लिङ्देनको उम्मेद्वारी दर्ता

वाम गठबन्धनकाे समर्थमा उम्मेद्वारी दर्ता गराएपछि बाेल्दै राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन । तस्बिर : राजु अधिकारी

झापा – आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापाको क्षेत्र नम्बर ३ बाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेद्वारी दर्ता गराएका छन्। 

उनले वाम गठबन्धनको समर्थनमा आज उम्मेद्वारी दर्ता गराएका हुन्।

झापा ३ मा लिङ्देन काँग्रेसका कृष्णप्रसाद सिटौलासँग भिड्न लागेका हुन्। सिटौलाले २ बजेसम्ममा उम्मेद्वारी दर्ता गराउने भएका छन्। 

सिटौलाविरुद्ध उम्मेद्वारी दर्ता गराएपछि बोल्दै लिङ्देनले सिटौलालाई निर्वाचनमा हराउने वर्षौदेखिको धोको अब पूरा हुन लागेको बताए। 

प्रकाशित: १६ कार्तिक २०७४ ०७:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App