प्रधानमन्त्री पदका लागि गठबन्धन गरेको होइन : अध्यक्ष ओली

बिहिबार, १६ कार्तिक २०७४, १२ : २१ नागरिक

विराटनगर – नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको स्थायित्वका लागि विचारधारा मिल्ने दलसँग मिलेर वाम गठबन्धन बनाएको बताए। 

विराटनगर विमानस्थलमा विहीबार सञ्चारकर्मीहरुसँग विचारधाराको आधारमा राजनीतिक दल स्थापना हुनुपर्नेमा अधिकांश दलहरु जनताको हितमा नभई स्वार्थका आधारमा स्थापना भएकामा चिन्ता व्यक्त गरे। 

निर्वाचनपछि प्रधानमन्त्री पद आफूलाई दिने गरी नेकपा माओवादी केन्द्रसँग कुनै सहमति नभएको स्पष्ट पार्दै राष्ट्रियताको संरक्षण र मुलुकलाई समृद्धितर्फ डोर्‍याउने पार्टी नेकपा एमाले रहेको दाबी गरे। 

झापा जिल्लाको क्षेत्र नं ३ मा आफूहरूसँग राप्रपाले सहयोग माग्न आएको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले सो दललाई सहयोग गर्ने उद्देश्यले वाम गठबन्धनले सो क्षेत्रबाट उम्मेदवारी नदिने निर्णय गरेको प्रष्ट पारे। 

उनले नेकपा एमाले मुलुकमा लोकतन्त्रको स्थायित्व, शान्ति, सामाजिक सद्भाव कायम राख्न प्रतिबद्ध रहेको उल्लेख गर्दै कहिले पनि हिंसाको पक्षमा नरहेको स्पष्ट पारे। अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट आफ्नो मनोनयनपत्र दर्ता गर्न प्रस्थान गरे। 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad