८ वैशाख २०८१ शनिबार
अर्थ

असिनाले धान नष्ट, लाखौँको क्षति

आठराई – जिल्लाको छथर क्षेत्रमा थन्क्याउन लागेको धानबाली असिनाले नष्ट गरेको छ। 

कृषकले भित्र्याउन लागेको धानबालीमा क्षति हुँदा लाखौँ बराबरको नोक्सान भएको छ। सोमबार साँझ परेको असिनाले धानबाली चुट्दा रु १० लाखभन्दा बढीको क्षति भएको कृषकले बताएका छन्। 

जिल्लाका जिरीखिम्ती, अम्फुवा र छथर गाउँपालिकामा असिनाले लाखौँ बराबरको क्षति भएको कृषक लोकबहादुर अधिकारीले बताए। 

म्याङलुङ नगरपालिकाको जिरीखिम्ती, अम्फुवा र छथर गाउँपालिकाको वडा नं १ र २ मा रहेका १०० भन्दा बढी कृषकको धानबालीमा क्षति भएको थियो। वर्ष दिनको कमाइ थन्क्याउन नपाउँदै असिनाले चुटेपछि कृषक चिन्तित बनेका छन्। करिब ३०० रोपनीमा रहेको खेतमा पाकेको धानमा क्षति भएको छ। 

खेतमा उब्जाएको अन्नले परिवार धान्दै आएका यामबहादुर कटुवाल भन्छन्, “वर्ष दिनको कमाइ असिनाले लग्यो, परिवारलाई धान्न कठिन हुने भयो।” 

कृषकले खेतमा काटेर राखेको धान थन्क्याउन नपाइ असिनाले लगेको छ । खेतमा धान काटेर राखेरको थियो एक्कासि असिना पानी आयो, केहीदिनमा थन्क्याउने तयारीमा थियौँ, क्षणभरमै माटोमा धान मिल्यो, कृषक तेजबहादुर अधिकारीले दुखेसो गरे। 

कृषकको धानबालीमा क्षति हुँदा लगानी माटोमा मिल्नुका साथै वर्ष दिनको कमाइ गुमाएका छन्। यसरी वर्ष दिनको कमाइ माटोमा मिल्दा किसान चिन्तित बनेको अधिकारीले बताए। असिनाले धानखेतीमा क्षति पु¥याउँदा खाद्य संकट हुनसक्ने कृषि कार्यालय, तेह्रथुमले जनाएको छ। 

प्रकाशित: १६ कार्तिक २०७४ ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App