coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नकआउटमा पुग्ने आर्सनलको लक्ष्य

पेरिस- युरोपा लिगअन्तर्गत बिहीबार रेड स्टार बेलग्रेडको सामना गर्दा आर्सनल स्पष्ट तीन अंक हात पार्दै नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ ।
समूह ‘एच’ अन्तर्गत बेलग्रेडमा दुई साताअघिको पहिलो लेगमा ओलिभर जिरौडले अन्तिम समयमा गोल गरेपछि आर्सनल १–० ले विजयी भएको थियो ।
समूहका अन्य दुई खेलमा कोलोग्न र बिएटिई बोरिसोभलाई पराजित गरेको आर्सनल शतप्रतिशत नतिजाका साथ ९ अंक जोड्दै शीर्ष स्थानमा छ । बिहीबारको खेलमा जित हात पारे आर्सनलले समूह चरणको अन्तिम दुई खेलअगावै अन्तिम ३२ मा स्थान सुरक्षित गर्नेछ । समान खेलमा समान ४÷४ अंक जोडेका बेलग्रेड र बोरिसोभ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । कोलोग्नले भने तीन खेलमा अंकको खाता खोल्न सकेको छैन ।
समूह ‘डी’ मा इटालियन सिरी ‘ए’ को क्लब एसी मिलान ग्रिसको एइके एथेन्सलाई हराउँदै अन्तिम ३२ मा प्रवेश गर्ने सम्भावना थप बलियो पार्न चाहन्छ ।
तीन खेलको समाप्तिमा ७ अंक जोडेको मिलान समूहको शीर्ष स्थानमा छ । समान खेलमा ५ अंक जोडेको एथेन्स दोस्रो स्थानमा छ ।
समूह ‘इ’ मा एभर्टनले लियोनको सामना गर्दा एट्लान्टाले एपोलोन लियामासोलको सामना गर्दै छ । त्यस्तै समुह ‘जी’ मा हापोइल बियर सेवाले एफसी एफसिएसबी र भिक्टोरिया प्लाजेनले लुगानोको सामना गर्दै छन् । समूह ‘आइ’ को खेलमा साल्जबर्गले कोन्यास्पर र मार्सेले भिटोरिया डी ग्युमारेजको सामना गर्र्दै छन् ।

प्रकाशित: १६ कार्तिक २०७४ ०३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App