७ वैशाख २०८१ शुक्रबार
समाज

चीनबाट १३७ हजार थान निर्वाचन साम्रगी आयात

रसुवा- मंसिरमा हुन लागेको निर्वाचनका लागि चीनबाट निर्वाचन सामग्री आयात गरिएको छ । रसुवागढी भन्सार कार्यालयले दिएको जानकारी अनुसार पहिलो चरणमा एक सय ३७ हजार थान निर्वाचन सामग्री आयात भएको छ । 
निर्वाचन सामग्री बोकेका पाँच ओटा कन्टेनर बुधबार दिउँसो नेपाल प्रवेश गरेका थिए । उक्त कन्टेनरमा मसी, रबर म्याट र छेकाबार ल्याइएको छ । 
निर्वाचनका लागि ३५ हजार मसी, ३० हजार छेकाबार र ७७ हजार थान रबर म्याट बोकेका ती कन्टेर बुधबार नै काठमाण्डौ पठाइएको छ । 
रसुवागढी नाका हुँदै आएको उक्त सामग्री नेपाल प्रहरी र शसस्त्र प्रहरीको स्कटिङमा निर्वाचन आयोग लगिएको हो । 
यो पटकको निर्वाचन सामग्री ग्लोबल लोजेष्टिक कम्पनीले आयात गर्ने छ । कम्पनीका महाप्रबन्धक प्रदिप बस्नेतका अनुसार केरूङमा पाँच ओटा कन्टेनरमा सेक्युरिटी शिल, मसी, छेकाबार, स्ट्याम म्याट  लगायतका अन्य सामग्री लोड भैरहेको छ । 
निर्वाचन सामग्री ल्याउनका लागि १० ओटा कन्टेनर प्रयोग गरिने र सामग्री नअटेमा अन्य कन्टेनरको पनि प्रयोग हुने महाप्रबन्धक बस्नेतले बताए । आउन बाँकी रहेका सामग्री केही दिनमा नै नेपाल ल्याइने बताइएको छ । 
 

प्रकाशित: १५ कार्तिक २०७४ १४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App