coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ढुक्क भएर निर्वाचनको तयारीमा लाग्नुस् : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् । 

सो अवसरमा राष्ट्रपति भण्डारीले निर्वाचन तोकिएकै मितिमा हुने कुरामा कतै द्विविधा नराखी काम गर्न प्रमुख आयुक्तलाई सुझाव दिएकी थिइन् । आयोगले गरेको निर्वाचनको तयारीप्रति सन्तोष प्रकट गर्दै राष्ट्रपतिले भनिन्, 'सशंकित हुनुपर्दैन, हामी आयोगको साथमा छौँ र ढुक्क भएर अगाडि बढ्नुहोस्। 

भेटका अवसरमा प्रमुख निर्वाचन आयुक्त यादवले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी अवस्थाबारे राष्ट्रपतिलाई अवगत गराएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 

सर्वोच्च अदालतको आदेशअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपत्र छपाइ गर्ने कार्य जारी रहेको तथा मतदान केन्द्रित निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गर्ने कार्य तीव्ररुपमा भइरहेको राष्ट्रपतिसमक्ष उनले जानकारी गराएका थिए । 

प्रकाशित: १५ कार्तिक २०७४ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App