७ वैशाख २०८१ शुक्रबार
कला

आनी र सान्तनुको ‘संग्स् अफ द हिमालयज्’ काठमाडौंमा

काठमाडौं –बलिउड संगीतकार सान्तनु मोइत्रा र गायिका आनी छोइङ र्डाेल्माको सांगीतिक कार्यक्रम ‘संग्स् अफ द हिमालयज्’ राजधानीमा आयोजना हुँदैछ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा ‘संग्स् अफ द हिमालयज्’को तयारी जानकारी आयोजकले जानकारी गरायो ।
आगामी मंसिर ३ मा राजधानीको नाचघरमा आयोजना हुने कन्सर्टमा १३ जना भारतीय कलाकारको टोलीसहित गायिका आनी छोइङ र्डोल्मा र कलाकारहरुले प्रस्तुती दिनेछन् । ‘बलिउड संगीतकार सान्तनु मोइत्राले नेपालसहित भारत र भुटानको हिमाली भेगमा सय दिन यात्रा गरेर तयार गरेको हिमाली गीतहरु राजधानीमा ‘संग्स अफ द हिमालयज्’ नामक कन्सर्टमा गुञ्जिदैं छन् । कन्सर्टमा उनले तयार गरेको कथा र गीतहरु विभिन्न कलाकारहरुको स्वरमार्फत प्रस्तुत हुनेछन्,’गायिका आनी छोइङ र्डोल्माले भनिन्,‘कन्सर्टमा म र दुई भारतीय कलाकारहरुले गीतहरु प्रस्तुत गर्नेछन् ।’
कन्सर्टबाट उठेको रकम आनीले संञ्चालन गरिरहेको आरोग्य फाउण्डेसनमार्फत मृगौला रोगीको उपचारार्थ खर्च हुनेछ । कन्सर्टको आयोजना नेपाल पर्यटन बोर्ड र आनी छोइङ र्डोल्माले संयुक्त आयोजना गर्न लागेका हुन् ।
‘हिमाली सौन्दर्यको लागि नेपाल विश्वभर प्रसिद्ध रहेको छ । हिमाली भेषको यात्राको क्रममा संकलन गरिएको धुनमार्फत तयार भएका गीत र कथालाई केन्द्रित गरेर कन्सर्टको आयोजना हुन लागेको छ । यसले नेपालको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्छ भन्नेमा आशावादी छु,’नेपाल टुरिजम बोर्डका दीपक जोशीले भन।
संगीतकार मोइत्राले बलिउड फिल्म ‘परिणिता’, ‘हजारो ख्वाइसे ऐसी’, ‘लगे रहो मुन्नाभाइ’, ‘थ्री इडियट्स’, ‘पीके’ र ‘पिंक’ लगायत फिल्ममा संगीत दिइसकेका छन् ।

प्रकाशित: १५ कार्तिक २०७४ १२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App