coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अग्नि ग्रुपको मोबाइल सर्भिस सेवा सुरु

काठमाडौं– अग्नि ग्रुपको आधिकारिक सर्भिस सेन्टरले हालै महिन्द्रा गाडीहरुको लागि मोबाइल सर्भिसको व्यवस्था प्रारम्भ गरेको छ । यो सेवासँगै उपत्यकाभित्र कुनै पनि स्थानमा महिन्द्राका गाडी बिग्रेको खण्डमा दक्ष प्राविधिकसहितको टोली गाडी बिग्रेको स्थानमा पुगी मर्मत गर्नेछन् । 

कम्पनीले आयोजना गरेको एक कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याविनेट श्रेष्ठ, काणलकर चैतन्यले मोबाइल भ्यान र मोबाइल सर्भिस बाइकको साँचो हस्तान्तरण गरी सेवाको शुभारम्भ गरेका थिए । 

बालाजु अटोवर्कले सञ्चालनमा ल्याएको मोबाइल सर्भिस सुविधा गाडी मर्मत गर्न चाहिने आवश्यक मेसिन तथा औजार जडान गरिएको छ । हालको लागि यो सेवा काठमाडौं उपत्यकाभित्र लागू गरिएको छ । अगामी दिनमा नेपालका प्रमुख सहरहरुबाट पनि सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ । 


 

प्रकाशित: १५ कार्तिक २०७४ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App