७ वैशाख २०८१ शुक्रबार
समाज

तीन जिल्लाका तीन नागरिककर्मी एकसाथ सम्मानित

पाल्पा- पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका तीन पत्रकार सम्मानित भएका छन् । रुरु धार्मीक सेवा सञ्चार प्रालिले तीन नागरिककर्मीहरु मुक्तिप्रसाद न्यौपाने, शिव सुवेदी र अर्जुन भुषाललाई सम्मान गरेको हो । 

धार्मीक पर्यटनका क्षेत्रमा कलम चलाएको भन्दै पत्रकारहरु सम्मान गरिएको संस्थाका अध्यक्ष चुरामणी तिमिल्सिनाले बताए । उनी भन्छन्, ‘प्रत्येक वर्ष धार्मीक क्षेत्रमा कलम चलाउनेहरुलाई उत्प्रेरित गर्न पत्रकार सम्मान गरिएको हो ।’

जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, तानसेन नगरपालिका प्रमुख अशोककुमार शाही र प्रमुख जिल्ला अधिकारी बिष्णु ढकालले पत्रकारहरुलाई दोसल्ला तथा सम्मानपत्रले सम्मान गरेका हुन् । 

जिसस प्रमुख बस्यालले नेपालको चारधाम मध्येको एक महत्वपूर्ण क्षेत्र रुरु भएको बताए । उनले नेपालमा धार्मीक पर्यटनको प्रशस्त सम्भावना रहेको बताए ।

कार्यक्रममा तीन जिल्लाका विभिन्न संघसंस्थाबाट धार्मीक क्षेत्रमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई पनि सम्मान गरिएको थियो । सोही अवसरमा शंख बजाउने प्रतियोगिता, भजन प्रतियोगिता तथा करोड दिप प्रज्वलन कार्यक्रम समेत गरिएको थियो । 

प्रकाशित: १५ कार्तिक २०७४ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App