इलाममा वाम गठबन्धन र कांग्रेसका उम्मेदवार छानिए

बुधबार, १५ कार्तिक २०७४, १६ : ०६ भीम चापागाईं

इलाम- आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले–नेकपा माओवादी केन्दको वाम गठबन्धन तथा नेपाली कांग्रेसले प्रत्यक्षतर्फका सबै उम्मेदवारको नाम अन्तिम टुंगो लगाएका छन् । उम्मेदवारको मनोनयन दर्ता गर्ने अघिल्लो दिन (बुधबार) मात्र दलहरूले सबै उम्मेदवारको नामलाई अन्तिम रूप दिएका हुन् । 

एमाले स्थायी कमिटीको मंगलबार राति अबेरसम्म बसेको बैठकले प्रत्यक्षतर्फका सबै उम्मेदवारको नाम टुंग्याएको छ । कांग्रेस केन्द्रीय समितिले भने बुधबार दिउँसो मात्रै इलामका प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुंग्याएको हो ।

निर्वाचन क्षेत्र १ को प्रत्यक्षतर्फ प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमालेका झलनाथ खनाल र कांग्रेसबाट भूपेन्द्र कट्टेलले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतिनिधिसभाकै क्षेत्र २ मा गठबन्धनबाट एमालेका सुवासचन्द्र नेम्बाङ र कांग्रेसका केशव थापा उम्मेदवार बन्ने भएका छन् । 

प्रदेशसभातर्फ क्षेत्र १ को १ मा गठबन्धनबाट एमालेकी खिनु लङ्वा लिम्बू र कांग्रेसबाट देवेन्द्र राईले प्रतिस्पर्धा गर्दैछन् । केही वर्षअघि कांग्रेस छाडेर संघीय समाजवादी फोरमको जिल्ला अध्यक्षसमेत रहेका राई कांग्रेसमै प्रवेश गर्ने सर्तमा कांग्रेसबाट उम्मेदवार बनेको कांग्रेस स्रोतले जनाएको छ । क्षेत्र १ को २ मा गठबन्धनबाट एमालेका काजीमान कागते र कांग्रेसबाट दुर्गा बराल लड्ने भएका छन् ।    

प्रदेशतर्फ नै क्षेत्र २ को १ मा गठबन्धनबाट एमालेका रामबहादुर रानासँग कांग्रेसका डम्बर खड्काले प्रतिस्पर्धा गर्दैछन् । क्षेत्र २ को २ मा भने गठबन्धनबाट माओवादीका धीरेन शर्मा रमणले कांग्रेसका खगेन्द्र देवानसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको कांग्रेस इलामका कोषाध्यक्ष विष्णु कार्कीले बताए ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad