४ वैशाख २०८१ मंगलबार
राजनीति

दुई जोडी गैंडा लैजाने योजना बनाएर फर्कियो चिनियाँ टोली

काठमाडौ- दुई जोडी गैंडा चिन लैजाने तयारी गर्न विज्ञसहित शनिबार आएको सात सदस्सीय टोली गैंडा स्थानान्तरण योजना बनाएर मंगलबार बिहान स्वदेश फर्किएको छ ।  गत असार २६ गते सरकारले दुई जोडी गैंडा उत्तर छिमेकी चिनलाई उपहार दिने निर्णय गरेपछि विज्ञहरुसहितको टोली शनिबार सा“झ काठमाडौ आएको थियो । 

‘छ महिना खोरमा राखेर तीनको आनीबानी र खानपीन अध्ययन गरेपछि मात्र लैजाने अनौपचारिक सहमती’

टोलीले नेपालका वन्यजन्तु विज्ञ र प्राविधिकहरुस“ग आइतबार अन्र्तक्रिया ग¥र्यो । र, सोमबार चितवन घुमेर गैंडाको अवस्थाबारे अध्ययन पनि ग¥र्यो । चार वटा गैंडालाई चिन पु¥याउन लाग्ने खर्चको खाका पनि तयार गरेर फर्कियो । 
यहा“बाट लैजाने भनिएका ती गैंडालाई नया“ वातावरणमा अनुकुलित गराउन लैजानु अघि छ महिना नेपालमै खोर बनाएर राख्ने दुई पक्षिय सहमती भएको छ । ‘पहिले पहिले उपहार दिदा एक डेढ महिना मात्र खोर राखिन्थ्यो । यसपटक अलि धेरै बढिमा छ महिना खोरमा राखेपछि मात्र लैजाने अनौपचारिक रुपमा सहमती भएको छ’, वन मन्त्रालय वातावरण महाशाखाका प्रमुख डा। महेश्वर ढकालले भने ।  
शनिबार बेलुकी काठमाडौ ओर्लिएको टोलीले आइतबार गैंडा स्थानान्तरणका प्रक्रिया, आनिबानी, खानेबस्ने व्यवस्थाबारे पशु चिकित्सक डा। कमल गैरेको प्रस्तुती सुनेको थियो । टोलीको नेतृत्व वनस्पति तथा वन्यजन्तु ओसारपसार सम्बन्धि अन्तराष्ट्रिय महासन्धि ९साइटिस० कार्यालयका उपनिर्देशक मा आइगुओले गरेका थिए । त्यसमा चिडियाखाना विज्ञ पनि सहभागी छन् । 
‘टोली गैंडाको अध्ययन, स्थानान्तरण खर्चलगायतका बिषयहरुको अध्ययन गर्न आएको हो’, पशु चिकित्सक डा। कमल गैरेले नागरिकस“ग भने, ‘गैंडालाई कसरी खोरमा हालेर लैजाने भन्ने बिषयमा प्रस्तुती दिएको थिए ।’ उनका अनुसार गैंडाको बानीव्यहोरा, खानपिनको अध्ययन गर्न दुवै देशका प्राविधिक चितवनमै बस्ने मौखिक सहमती समेत भएको छ । डा। गैरेले गैंडा स्थानान्तरण गर्ने काम निकै खर्चिलो हुने भएकाले त्यसका लागि चिन सरकारस“ग अनुरोध गर्नुपर्ने बताए ।  
डा। ढकालका अनुसार टोली गैंडा लैजाने योजना र खर्च अनुमान गर्न आएको हो । ‘हाम्रा प्राविधिकहरुले चितवन निकुञ्जबाट दुई जोडी वश्यक गैंडाको पहिचान गर्छन । उनीहरुले पहिचान गरेको गैंडालाई खोरमा राखिन्छ । तीनको नियमित स्वास्थ्य परिक्षणसहित सबै आनीबानीबारे अध्ययन गरिन्छ’, उनले भने, ‘अनि मात्र लैजान्छन् ।’ डा। ढकालका अनुसार गैंडा लगिएपछि केही दिनका लागि नेपाली प्राविधिकहरु पनि चिन गएर बस्छन् । 
वन मन्त्रालयले गैंडा उपहार कार्यक्रमलाई भव्य रुपमा गर्ने योजना बनाइरहेको छ । ‘हामीले भव्य कार्यक्रमबीच राष्ट्र प्रमुख वा प्रधानमन्त्रीको हातबाट हस्तान्तरण गर्ने योजना बनाइरहेको छौ । तर निक्र्यौल भइसकेको छैन’, डा। ढकालले भने । 
उनका अनुसार संरक्षणको क्षेत्रमा यो एउटा महत्वपूर्ण कार्यक्रम हो । ‘आगामी पुस्ताहरुलाई यसबारे जानकारी दिनका लागि वृत्तचित्र समेत योजना बनाइरहेको छौ । दुवै देशका प्राविधिकहरुले यो काम गर्नेछन’, डा। ढकाल भन्छन, ‘संसारलाई जानकारी दिन पनि यो अनिवार्य छ ।’
उनका अनुसार मंगलबार फर्किने गरी आएको टोलीमा बेइजिङ र सांघाईका प्रतिनिधीहरु छन् । ‘हाम्रा पशु चिकित्सकहरुले गैंडाको पहिचान, खोरलगायतको तयारी गरेपछि तीनलाई पक्राउ गरेर खोरमा राख्छौ’, डा। ढकालले भने, ‘एक÷डेढ महिनापछि गैंडा समात्ने काम हुन्छ होला ।’ उनका अनुसार चिनमा दुई सिंगे अफ्रिकी गैंडा मात्र छ । चिनले पहिलो पटक एसियन एक सिंगे गैंडा लैजान लागेको हो । 
नेपालले तत्कालिन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई २०४४ बैशाखमा पहिलोपटक एक जोडी गैंडा उपहार दिएको थियो । यसस“गै नेपालमा ‘गैंडा कुटनीति’ सुरु भएको हो । पछिल्लो पटक तत्कालिन युवराज पारसले अष्ट्रिया सरकारलाई एक जोडी गैंडा दिएका थिए । त्यसपछि ‘गैंडा कुटनीति’मा पूर्ण विराम लागेको थियो । 
सरकारले सबैभन्दा धेरै गैंडा अमेरिकालाई दिएको छ । अमेरिकाका विभिन्न चिडियाखानालाई तीन जोडी गैंडा उपहार दिइएको थियो । चिडियाखानालाई प्रत्यक्ष रुपमा उपलब्ध गराउन नमिलेपछि सरकार–सरकार बीचको उपहारका रुपमा दिइएको हो । 
दक्षिण छिमेकी भारतलाई पनि दुई जोडी गैंडा दिइएको थियो । त्यसबापत सरकारले भारतबाट १८ वटा हात्ति ल्याएको थियो । ती हात्ति ल्याएपछि चितवनमा हात्ति प्रजनन केन्द« स्थापना गरिएको थियो । यद्यपी त्यतिबेला भारतबाट ल्याइएका हात्ति स्वस्थ नभएको चर्चा भएको थियो । 
एक दशक अघिस“ग नेपालले नौ वटा मुलुकलाई गैंडा उपहार दिएको थियो । विभिन्न राजनीतिक घटनाक्रमका कारण रोकिएको ‘गैंडा कुटनीति’ फेरी सुरु भएको छ । नेपाल र भारतमा मात्र पाइने एक सिंगे गैंडा विश्वकै दूर्लभ वन्यजन्तु हो । 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अप्रशोधित तथ्याङ अनुसार २४ गैंडा उपहार र आदानप्रदानका नाममा दिइएको छ । अहिलेसम्म अमेरिकालाई ६, भारतलाई ४, अष्ट्रियालाई २, बेलायतलाई २, जापानलाई २, जर्मनीलाई २, पाकिस्तानलाई २, बर्मालाई २, थाइल्याण्डलाई दुई गैंडा दिइएको छ ।  
गणतन्त्र आउनुपूर्व ९२०६५ जेठ १५ अघि० राजालगायत राजदरबारका सदस्यले विभिन्न मुलुकस“ग मित्रता गास्ने नाममा गैंडा उपहार दिन्थे । दरबारको निर्देशनमा तत्कालिन महेन्द« प्रकृति संरक्षण कोषले उपहारको सबै चा“जोपाजो मिलाउथ्यो । कोषको अध्यक्ष राजकुमार हुने व्यवस्था थियो । सन् २००६ अघिसम्म यसरी नै गैंडा उपहार दिइन्थ्यो । 
गैंडालाई संकटापन्न वन्यजन्तुको रुपमा साइटिसको अनुसूची–१ मा राखिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ९पा“चौ० शंसोधनमा गैंडालाई दूर्लभ वन्यजन्तुको सूचीमा राखिएको छ । 
पछिल्लो गणना अनुसार नेपालमा ६ सय ४८ गैंडा छन् । तीमध्ये चितवनमा ६ सय ५, बर्दियामा ३५ र शुक्लाफा“टा निकुञ्जमा ८ छन् । नेपाल र भारतमा गरी एक सिंगे गैंडाको संख्या २५ सयको हाराहारीमा मात्र छ । 

प्रकाशित: १५ कार्तिक २०७४ ०७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App