८ वैशाख २०८१ शनिबार
राजनीति

ओलीसँग रञ्जीत, दाहालसँग नविना

काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रका विद्यार्थी संगठनहरुले दोस्रो चरणको निर्वाचनको मनोनयन दर्ता गर्दा केन्द्रीय नेताहरुको क्षेत्रमा एक अर्काका विद्यार्थी नेतालाइ खटाउने भएका छन्।

दुवै संगठनको आजको संयुक्त बैठकले एमाले अध्यक्ष केपी ओलीको मनोनयन दर्ता गर्न अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङलाइ  र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मनोनयनका लागि एमाले अनेरास्ववियुका अध्यक्ष नविना लामा खटाउने निर्णय गरेको छ। यसैगरी माधव नेपालसँग क्रान्तिकारीका उत्तम अधिकारी, नारायणकाजी श्रेष्ठसँग आरसी लामिछाने, इश्वर पोखरेलसँग दिपक देवकोटा, रामबहादुर थापासँग ऐन महर खटिनेछन्।

अनेरास्ववियुका सचिव एवं प्रवक्ता आरसी लामिछानेले वाम गठबन्धनको मर्म अनुरुप नै दुवै दलको एकता प्रदर्शन गर्न संगठन परिचालित हुन लागेको बताए । संयुक्त चुनावी अभियान परिचालन समिति गठन गरेका विद्यार्थी संगठनहरुलाइ आजै दुवै दलका केन्द्रीय नेताहरु शंकर पोखरेल र वर्षमान पुनले प्रशिक्षण दिंदैछन् । यसैगरी दुवै पार्टीका युवा संगठन र पत्रकार संगठनहरु पनि एकीकृत रुपमा परिचालित हुनेभएका छन्।

 

 

प्रकाशित: १५ कार्तिक २०७४ ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App