६ वैशाख २०८१ बिहीबार
समाज

बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

फलेवास- पर्वतको सदरमुकाम कुस्माबजारमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

पर्वतको कुस्मा नगरपालिका–४ छमर्केमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालक पर्वतको जलजला गाउँपालिका–९ बनौ घर भई कुस्माको जिरो किमी बस्दै आएका ३३ वर्षीय धनवीर पुनमगरको मृत्यु भएको हो । 

नारायणगढबाट बागलुङ जाँदै गरेको ग १ ख ५७८० नम्बरको बस र मालढुंगाबाट कुस्मा आउँदै गरेको एक स्कुटर ठोक्किएका थिए । स्कुटर चालक पुनमगरको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । बसका यात्रु भने सकुशल छन् । 

प्रकाशित: १५ कार्तिक २०७४ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App