coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काडमाडौं- नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजालसले प्रथम दृष्टिमै सम्वन्धन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो। कलेजका सञ्चालकले आसोज ३१ मा दायर गरेको रिटमा सर्वोच्चले कार्तिक ८ गते सुनुवाई गरेको थियो। सर्वोच्चले अर्को पक्षलाई छलफलमा समेत नवोलाई रिट दायरकर्ता पक्ष वकिलको वहस सुनेर यस्तो निर्णय गरेको थियो।

पूर्वधार नै नपुगेको काठमाडौं नेशनललाई साउन १२ गते त्रिवि कार्यकारी परिषदले सम्बन्धन दिएको थियो। त्यस पछि डा. गोविन्द केसी १२ औं अनसन बसेपछि त्रिवि कार्यकारी परिषदले छानविन गरेर अस्पतालको सञ्चालन अनुमति भएको पाएपछि सम्वन्धन खारेज गरेको थियो।

 

प्रकाशित: १५ कार्तिक २०७४ ०७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App